रुस-युक्रेन वार्ता टर्कीको ईस्तान्वुलमा भौतिक रुपमा उपस्थित भै सोमबार पुनः सुरु शान्ति वार्ता सुरु गरिएको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका छन ।
“यी वार्ताहरू जारी छन्। शान्ति वार्ता आज र भोलि इस्तानबुलमा भौतिक रुपमा भै रहेको छ भने बिगतमा अॅकियदृश्य( भिडियो कन्फरेन्स) मार्फत सम्मेलन हुने गरेको ,” लाभरोभले भने।
“र हामी इच्छुक छौं कि यी वार्ताहरूले परिणाम ल्याउनेछन् र यो परिणामले हाम्रो आधारभूत लक्ष्यहरू प्राप्त गर्नेछ,” उनले भने।
“भौतिक रूपमा उपस्थित भै वार्ता जारी राख्ने निर्णय भएको तथ्य महत्त्वपूर्ण छ,” क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको कुराकानीमा भने।
पेस्कोभले दुई पक्षबीचको वार्ता मंगलबार पुनः सुरु हुने सम्भावना रहेको बताए ।
प्रतिक्रिया