युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका वार्ताकारहरूसँग बस्न अस्वीकार गरेका छन् । उनले अगाडी भने उनीहरू युक्रेनको “डिनाजिफिकेशन” अर्थात् नाजीवाद हटाउने बारेमा मात्र छलफल गर्न मात्र चाहेको आरोप लगाए ।
आइतवार स्वतन्त्र रूसी पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने ,युक्रेनले रूससँगको वार्तामा “डिनाजिफिकेशन” र “डिमिलिटराइजेशन” अर्थात् नाजीवाद हटाउने तथा असैनिकीकरण बिषयमा बिल्कुलै छलफल नगर्ने बताए ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगातार युक्रेनमा आफ्नो आक्रमण यहूदी राष्ट्रपति भएको देश “डिनाजिफिकेशन” नाजीवाद हटाउने अभियानको रूपमा बनाएका छन्, जसलाई इतिहासकारहरू र राजनीतिक पर्यवेक्षकहरूले समान रूपमा खारेज गरेका छन्।
” ‘असैनिकीकरण’, वा केही ‘नाजीवाद हटाउने (डिनाजिफिकेशन)’ हो भने हामी बिल्कुलै वार्ताको टेबलमा बस्दैनौं। मेरो लागि, यी बिल्कुल बुझ्न नसकिने चीजहरू हुन्, “जेलेन्स्कीले भने।
अघिल्लो बैठक जसमा युक्रेनी पक्षले आफ्ना रुस समकक्षहरूलाई यी सर्तहरू प्रयोग नगर्न भनेको थियो “त्यसैले वार्ता ठोस साबित हुन् नसकेको ,” जेलेन्स्कीले थपे।
दुई पक्षबीचको वार्ताको मंगलबार इस्तानबुलमा सुरु हुँदैछ । जेलेन्स्कीले भने उनी “नतिजा नआएसम्म रुससँग वार्तालापको विरुद्धमा” नभएको बताएका छन्।
प्रतिक्रिया