युरोप र ल्याटिन अमेरिकाका १,००० गायकहरूद्वारा युक्रेनमा शान्तिको लागि गीत गाए

इनेप्लिज २०७८ चैत १३ गते १२:१५ मा प्रकाशित

युरोप र ल्याटिन अमेरिकाका १,००० गायकहरूले युक्रेनमा शान्तिको लागि गीत गएका छन् ।

युक्रेनमा रुसको आक्रमणको केही दिनपछि स्थापना भएको समूहले शान्तिका लागि आइतवार, स्पेन, पोर्चुगल र अन्य आठ राष्ट्रका सडक र चोकहरूमा १,००० गायकहरू जम्मा गरेको आयोजकहरूले सिएनएनलाई बताए।

स्पेनमा जम्मा ८०५ , पोर्चुगलमा १६० , र युरोप र ल्याटिन अमेरिकाका अन्य ८ राष्ट्रहरूमा ५२ वटा गायकहरूले १८५ शहरहरूमा गाउनको लागि हस्ताक्षर गरे।

मुख्यतया स्थानीय समय अनुसार दिउँसो समूहको संजालस्थल (वेबसाइट)ले मध्य सेम्याड्रिडमा दर्जनौं स्पेनिश शहरहरूबाट गायनको प्रत्यक्ष प्रसारण गरेको छ ।

“शान्तिको लागि गायकहरू युक्रेनमा युद्धको परिणामस्वरूप जन्मिएको छ । यसले युक्रेनमा शान्ति र विश्वका अन्य सबै बिर्सिएका युद्धहरूको लागि प्रश्न सोधी रहेको छ, “स्पनेली पत्रकार जुआन इग्नासियो गार्सिया मोस्टाजो सिएनएनलाई भने। उनि म्याड्रिडमा सहभागी भएका थिए ।

मार्च ५ का दिन म्याड्रिडका केही गायकहरूले उक्त समूह स्थापना गरेका थिए ।

आइतवार सबै गायकहरूले गाएको मुख्य गीत ल्याटिनमा डोना नोबिस पेसेम (हामीलाई शान्ति दिनुहोस्) रहेको थियो, समूहका संयोजक र म्याड्रिडका कोरल निर्देशक मारियानो गार्सियाले सिएनएनलाई भने।

बेलायत, इटाली, लक्जमबर्ग, ब्राजिल, अर्जेन्टिना, मेक्सिको र भेनेजुएलाका गायकहरूले पनि भाग लिन हस्ताक्षर गरेको समूहको संजालस्थलले जनाएको छ ।

समूहको नाम कोरोस पोर ला पाज राखिएको छ भने यसको संजालस्थल(वेबसाइट)मा युक्रेनी झण्डाको जस्तै नीलो र पहेंलो रंगहरू छन्।

प्रतिक्रिया