बेलारुसका विपक्षी नेताले बाइडेनलाई बेलारूसीहरू युक्रेनका जनताको साथमा उभिने

इनेप्लिज २०७८ चैत १३ गते २:०८ मा प्रकाशित

बेलारुसका विपक्षी नेताले अमेरिकी राष्ट्रपति जो बाईडेनलाई बेलारूसीहरू युक्रेनका जनताको साथमा उभिएको बताईन ।

बेलारूसी विपक्षी नेता स्भिटलाना सिखानौस्कायाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बेलारूसीहरू “निडरताका साथ युक्रेनका जनताको साथमा उभिने” बताएकी छिन । सिखानौस्कायाले शनिबार दूरभाष (फोन )मार्फत बाइडेन बिमान (एयर फोर्स वन)मा सवार भएको समयमा टिप्पणी गरेको समाचार सिएनएनले लेखेको छ ।

“मैले वार्सामा आज राष्ट्रपति बाइडेनको भाषणलाई र स्वतन्त्रताको लागि बृहत लडाई, स्वतन्त्रता र दमन बीचको लडाईमा अमेरिकी नेतृत्वलाई धन्यवाद दिन्छु,” सिखानौस्कायाले भनिन ।

“मैले राष्ट्रपति बाइडेनलाई आश्वासन दिएको छु कि बेलारुसीहरू यस सङ्घर्षमा अगाडि छन् – र निडर भएर युक्रेनका जनताको साथमा उभिनेछन्। म विश्वस्त छु कि स्वतन्त्रता र मानवताको विजय हुनेछ। मैले राष्ट्रपतिलाई बेलारुसलाई एजेन्डा(कार्यसूची )मा राख्न आग्रह गरें।”

ह्वाइट हाउसका अनुसार बाइडेनले वार्सामा आफ्नो भाषणमा उपस्थित भएकोमा सिखानौस्कायालाई धन्यवाद दिए र “अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष चुनाव लगायत मानव अधिकारको रक्षा र विकासमा बेलारूसी जनतालाई संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनमा जोड दिए।”

प्रतिक्रिया