क्रेमलिनले युक्रेन-रूस वार्तामा शक्तिशाली उद्योगपति रोमन अब्रामोभिचको भूमिका रहेको पुष्टि गरेको समाचार सिएनएनले लेखेको छ ।
रूसी शक्तिशाली उद्योगपति रोमन अब्रामोभिचले रूसी-युक्रेनी वार्तामा भाग लिएको सरकारी संचार माध्यमले जनाएका छन् ।
अब्रामोभिच सम्भावित शान्ति वार्तालाई सहजीकरण गर्न वार्ताकारको रूपमा देखा परेको जनाईएको छ ।
गत बिहीबार एक दूरसंचार प्रणाली (कन्फेरेन्स कल )सम्मेलनमा क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने ,अब्रामोविचले “प्रारम्भिक चरणको वार्तामा भाग लिए, यो सत्य हो।”
पेस्कोभले केही विवरण दिदै भने “रूसी र युक्रेनी टोली बीच वार्ताहरू भै रहेका छन्।
प्रतिक्रिया