‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार वुढाथोकी र साहलाई

इनेप्लिज २०७८ चैत १२ गते ११:२३ मा प्रकाशित

विराटनगर,१२ चैत।नेपाल पत्रकार महासङ्घ मोरङले प्रत्येक बर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र प्रोत्साहन पुरस्कार–२०७८ बाट यस बर्ष गजेन्द्र वुढाथोकी र देवनाराण साहलाई प्रदान गर्ने निर्णय आज गरेको छ।

महासङ्घका अध्यक्ष सन्जिब खनालको सभापतित्वमा आज बसेको वैठकले रु ५० हजार ०५१ राशीको षष्टिका वस्नेत पुरस्कार वुढाथोकी र रु १५ हजार ०५१ राशीको प्रोत्साहन पुरस्कार साहलाई दिने निर्णय गरेको छ ।बुढाथोकी टक्सार म्यागजिनका प्रधान सम्पादक र साह कान्तिपुर दैनिकका मोरङ सम्वाददाता हुनुहुन्छ।

महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा यही चैत १६ गते विराटनगरमा उक्त पुरस्कार वितरण गरिने मोरङ सचिव नेत्र पि अधिकारीले जानकारी दिनु भयो। विराटनगर –११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्व. बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरि सूचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियन्ता तथा पत्रकारलाई प्रदान गर्न उक्त पुरस्कारको स्थापना गर्नु भएको हो।

प्रतिक्रिया