विराटनगर११ चैत।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्तमान सरकारमा सहभागी गठनबन्धन दलहरु वीच आगामी निर्वाचनसम्म मुलुकको लागि आवश्यक भएको बताउनु भयो।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठवन्ध जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम रहेकोले यो आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरिता,आन्तरिक एकताका,सुशासन र कानून शासनको प्रत्याभूति दिनका लागि र जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्नका निर्माण गरिएको बताउनु भयो।
उहाँले वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ भन्दै औचित्य र आवश्यक्ताको आधारमा निर्वाचनमा तालमेल हुने बताउनु भयो।नेकाँ कार्य समितिको बैठक प्रारम्भ भएकोले यसले स्थानीय निर्वाचनका सम्वन्धमा छलफल भएर मुलुकलाई एकतावद्ध ढंगले आगाडि वढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिनु भयो।
उहाँले नेकां प्रजातान्त्रिक पार्टी भएको नेताहरुले आफ्नो विचार राख्न स्वतन्त्र रहेको बताउँदै केन्द्रीय समिति गर्ने निर्णय सबैले मान्ने पराम्परा विसं २००७ देखि चलि आएको छ भन्नु भयो।मन्त्री कार्कीले पार्टीको १४ औं महाधिवेशन पछि सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको चाहना नेकांलाई मुलुकको सवैभन्दा ठूलो,शाक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नेतृत्व लिने उद्दश्यले कार्यकर्ताहरु अहोरात्र मेहनत गर्ने गरिरहेको धारणा राख्नु भयो।
एक प्रश्नको जवाफमा मन्त्री कार्कीले मन्त्री मन्त्रीमण्डल विस्तार सम्वन्धमा कुनै जानकारी नरहेको बताउनु भयो।
मन्त्री कार्कीले चीनका विदेशमन्त्रीलाई नेपालले हार्दिकताका साथ स्वागत गर्ने भन्दै मुलुकको विकासका निम्ती छिमेकी राष्ट्र,सहयोगी राष्ट्रहरु र दातृ निकायहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखि छलफल हुने बताउनु भयो।
मन्त्री कार्की सुनसुरीको कोशी गाउँपालिकाको लौकीमा हुने कार्यक्रमका लागि आउनु भएको हो।
प्रतिक्रिया