युक्रेनी सेनाले खेरसोन लडाइँमा रुसी जनरल( सेनापति ) मारिएको जनाएको छ ।
युक्रेनी सेनाले आफ्नो सेनाले युक्रेनको दक्षिणमा रहेको खेरसन क्षेत्रको चोरनोबाइभकामा भएको लडाईमा रुसी सेनापति(लेफ्टिनेन्ट जनरल) याकोभ रेजान्त्सेभलाई मारेको जनाएको छ ।
सेनाका अनुसार रेजान्तसेभ रुसी संघको दक्षिणी सैन्य जिल्लाको ४९औँ सेनाका सेनापति थिए भनि सिएनएनले समाचार लेखेको छ ।
रुसको रक्षा मन्त्रालयले युक्रेनी दावीमा कुनै प्रतिक्रिया दिएको छैन।
युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि अहिलेसम्म ६ जना रुसी सेनापति र उप सेनापति मारिएको विश्वास गरिन्छ।
प्रतिक्रिया