पोल्याण्डका राष्ट्रपति बोकेको विमान बाइडेनसँग भेट्न जाने बाटोमा आपतकालीन अवतरण गर्न बाध्य भएको समाचार सिएनएनले लेखेको छ ।
पोल्याण्डको सरकारी समाचार सॅस्था पिएपीका अनुसार पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडा सवार विमानलाई शुक्रबार आपतकालीन अवतरण गर्न बाध्य पारिएको जनाएको छ ।
डुडा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट्न वार्साबाट रजेस्जो जाने तयारीमा थिए।
“राष्ट्रपति डुडासँग विमानको आपतकालीन अवतरण भएको थियो; विमान वार्सा फर्कियो,” पिएपीले भन्यो ।
ह्वाइट हाउसका एक अधिकारीले पनि आपतकालीन अवतरणको पुष्टि गरेका छन् ।
बाइडेनले आज बिहान आफ्नो तालिका परिवर्तन गर्नेछन भनि सिएनएनमा समाचार छ।
प्रतिक्रिया