युक्रेनको मेरियुपोल नाट्यशालामा भएको रुसी आक्रमणमा ३०० जनाको मृत्यु भएको अनुमान

इनेप्लिज २०७८ चैत ११ गते १०:५५ मा प्रकाशित

 

युक्रेनको मेरियुपोल अधिकारीहरूले नाट्यशालामा भएको रुसी आक्रमणमा ३०० जनाको मृत्यु भएको अनुमान गरेका छन् ।

मेरिउपोल नगर परिषदले प्रत्यक्षदर्शीको प्रतिवेदनको आधारमा नौ दिन अघि भएको रुसी आक्रमणमा ३०० जनाको मृत्यु भएको विश्वास गरेको बताएको छ।

यो भवनलाई घेराबन्दीमा परेको शहर मेरिउपोलको मुख्य आश्रयस्थलहरू मध्ये एकको रूपमा प्रयोग गरिँदै थियो । तर मार्च १६ मा रुसी हवाई आक्रमणबाट प्रभावित भएको थियो। उक्त नाट्यशालामा आश्रय लिने मानिसहरूको संख्या ८०० देखि १,३०० बीचमा रहेको अनुमान गरिएको छ।

सञ्चार सञ्जाल लगायत शहरका अत्यावश्यक सेवाहरू लगभग पूर्ण रूपमा ठप्प भएकाले आक्रमणको पूर्ण अध्य्वाधिक आउन ढिलो भएको उनीहरुले जनाएका छन् ।

“दुर्भाग्यवश, हामी दिनको सुरुवात खराब समाचारबाट गर्छौं,” मेरिउपोल नगर परिषदले शुक्रबार आफ्नो सरकारी दूरदर्शन टेलिग्राम च्यानलमा भने ।

प्रत्यक्षदर्शीहरुको आधारमा रूसी विमानद्वारा बम विष्फोटको परिणाम नाटकघरमा लगभग २०० मानिसहरु मारिएको बताईएको छ ।

हामी अझै पनि यो डरलाग्दो कुरामा विश्वास गर्न चाहँदैनौं। हामी सबैजना भाग्न सफल भएका थिए भन्ने सुन्न चाहन्छौ ,नगर परिषदले भन्यो ।

प्रतिक्रिया