वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डे भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकारमा नियुक्त:

इनेप्लिज २०७८ चैत ११ गते ९:२३ मा प्रकाशित

बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले।भिक्टोरिया राज्य सरकारले यस भित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र तिनीहरुको संरक्षण र प्रबर्द्धन गरी सबैलाई एकताबद्ध गरी अगाडि बढ्न Victorian Multicultural Commission (भिक्टोरियन बहुसांस्कृतिक आयोग) मार्फत काम गर्ने गर्छ।आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि यस्ले दुइ-दुइ बर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०२१ -२०२३ का लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी रिजनल अडभाइजरी काउन्सिल (RAC) मा जिलोङ निवासी ग्रेटर जिलोङ नेपाली समाजका संस्थापक अध्यक्ष वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डे भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकारमा नियुक्त गरेको छ।

डिकिन विस्वविद्यालयबाट विद्याबारिदी गरी वाताबरण इन्जिनियरको रुपमा कार्यरत डा पाण्डेले बिभिन्न पेशेवार जर्नलहरुमा अनुसन्धानमूलक लेखहरु र एउटा पुस्तक प्रकाशित गरेका छन।डिकिन विस्वविद्यालयमा बातावरण इन्जिनियरिङ्गसम्बन्धी अन्डर र पोस्टग्र्याजुयट गर्ने विद्यार्थीहरुलाई अध्यापन समेत गर्ने डा पाण्डे हाल साथर्न रुरल वाटरमा प्रोजेक्ट मैनेजरको रुपमा कार्यरत छन।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले “बिभिन्न देशका प्रतिनिधिको समेत चयन गरिने भिक्टोरियन बहुसांस्कृतिक आयोगमा सबल र योग्य ब्यक्तिको चयनले मात्रै यस्तो संस्थामा नेपाल र नेपालीको उचाइ पनि कायम हुन सक्छ न कि ‘खैनी मोल्ने क्रममा ताली पडकाएर बिधेयक पास गरेको पत्तै नपाउने सांसद’ ठट्टाका जस्ता पात्रका ब्यक्तिको चयनले” भन्दै डा सन्तोष पाण्डे जस्तो ब्यतिको चयनले भिक्टोरियन बहुसांस्कृतिक आयोगमा नेपालीको प्रतिनिधित्वको बिशेष अर्थ र महत्व राखोस – हार्दिक बधाई एबं शुभकामना भन्दै सामाजिक सन्जाल मार्फत डा पाण्डेलाई बधाई एबं शुभकामना ब्यक्त गरेका छन।

प्रतिक्रिया