युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि प्रतिबन्ध लगाएकोमा युरोपेली परिषदका सदस्यहरूलाई धन्यवाद दिए – तर उनले भने “अलिक ढिलो भयो।”
बिहीबार राती सामाजिक संजालमा प्रकाशित गरिएको युरोपेली परिषदलाई आफ्नो सम्बोधनमा जेलेन्स्कीले भने,यदि प्रतिबन्धहरू सुरक्षात्मक भएको भए, त्यहाँ एक मौका थियो जसको कारण रुस युद्धमा होमिने थिएन।
तपाईहरुले नर्ड स्ट्रेम २अवरुद्ध गर्नुभयो। हामी तपाईहरु प्रति आभारी छौं। तर पनि अलिक ढिलो भइसकेको थियो ,उनले परिषदलाई भने।
जेलेन्स्कीले सदस्य राष्ट्रहरूलाई भने: “रूसी सेनाले आत्म-सम्मान के हो भनेर महसुस गर्दैनन् । उनीहरूलाई विवेक के हो भनेर थाहा छैन। हामीले हाम्रो स्वतन्त्रतालाई किन यति धेरै मूल्यवान ठान्छौ भन्ने उनीहरूले बुझ्दैनन् ।
उनले युक्रेनमा रुसले २३० विद्यालय, १५५ शिशुकक्षा ध्वस्त र १२८ बालबालिकाको हत्या गरेको बताए । “सम्पूर्ण शहर र गाउँहरू खरानी भएका छन् । केही बाँकी छैन,” उनले भने, “रुसी सेनाले पत्रकारहरूलाई मारे ।
आफ्नो सम्बोधनमा, जेलेन्स्कीले सदस्य राष्ट्रहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिए ।
प्रतिक्रिया