उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार समुद्रतर्फ सम्भवतः यसको सबैभन्दा ठूलो अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)परीक्षण गरेको छ ।
संयुक्त राज्य अमेरिका र अन्य प्रतिद्वन्द्वीहरूलाई यसलाई स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले दबाब अभियानलाई अगाडि बढाउँदै प्रतिबन्धहरू हटाउन उक्त कार्य गरेको हो ।
क्षेप्यास्त्र प्रहार गरे पछि संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले पत्रकारहरूलाई संयुक्त राज्यले खुला सुरक्षा परिषद् बैठकको लागि अनुरोध गरेकी छिन । बैठक शुक्रबार हुने तयारी भएको एपीले जनाएको छ ।
दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारीले उत्तरको आईसिबिएम राजधानी प्योङयाङ नजिकै सुनान क्षेत्रबाट प्रहार गरिएको बताए । १,०८० किलोमिटर (६७० माइल) र ६,२०० किलोमिटर (३८५० माइल) को अधिकतम उचाइमा पुगेको जनाए ।
क्षेप्यास्त्र जापानको क्षेत्रीय जलक्षेत्रमा पुग्नबाट बच्न उच्च कोणबाट प्रहार गरिएको थियो। जापानका उप रक्षामन्त्री माकोतो ओनिकीले उडान विवरण अनुसार नयाँ प्रकारको आईसिबिएम भएको बताए।
“यो एक अक्षम्य लापरवाही हो। हामी उक्त कार्यको घोर निन्दा गर्छौं,’ जापानी प्रधानमन्त्री फुमियो किशिदाले समूहको सात बैठकमा भाग लिन बेल्जियम पुगेपछि भने।
टोकियोका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले भने, क्षेप्यास्त्र होक्काइडो टापुबाट जापानी क्षेत्रीय जलक्षेत्रमा अवतरण हुनुभन्दा ७१ मिनेट अघि उडेको थियो। जापानले उत्तरको प्रविधिको विश्लेषण गर्न आफ्नो विशेष आर्थिक क्षेत्र भित्र भग्नावशेष खोज्न सक्छ, उनले भने।
प्रतिक्रिया