अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामूहिक विनाशकारी हतियार प्रयोग गरेमा अमेरिकाले जवाफ दिने तर त्यसको प्रतिक्रिया अवस्थामा भर पर्ने बताए ।
राष्ट्रपति बाइडेनलाई एसोसिएटेड प्रेसले रुसले यदि रासायनिक हतियार प्रयोग गरेको र हतियारहरु तैनाथ हो भने अमेरिका र नेटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने सवालमा गुप्तचरको बारेमा जानकारी दिएनन ।
तर रासायनिक हतियारको मुद्दामा उनले भने “यदि उसले(पुटिन)ले यसको प्रयोग गर्छ भने हामी प्रतिक्रिया दिनेछौं। प्रतिक्रियाको प्रकृति प्रयोगको प्रकृतिमा निर्भर गर्दछ।”
यसअघि आज नै नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रूसले युक्रेनका जनता विरुद्ध त्यस्ता हतियारहरू प्रयोग गर्ने योजना बनाएको आशंकामा गठबन्धनले आफ्नो रासायनिक, जैविक र आणविक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने बताए।
प्रतिक्रिया