जेलेन्स्कीले रुसीहरूलाई भने “आफ्ना छोराहरूलाई युद्धबाट बचाउनुहोस्”

इनेप्लिज २०७८ चैत १० गते १०:३४ मा प्रकाशित

गत बुधवार राति सामाजिक संजाल (फेसबुक)मा प्रकाशित गरिएको श्रब्यदृश्य(भिडियो) सन्देशमा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसीहरूलाई सम्बोधन गर्दै उनीहरूलाई भने, “आफ्ना छोराहरूलाई युद्धबाट बचाउनुहोस्।”

जेलेन्स्कीले भने ,युक्रेनले रूसको सुरक्षालाई कहिल्यै धम्की दिएको छैन । रूसी प्रचारकहरूले “युद्धको बारेमा झूट बोल्छन्”  ।

युक्रेनीहरू आफ्नो भूमिमा शान्ति फिर्ता ल्याउन सक्दो प्रयास गरिरहेका छन्। हामी यो युद्ध अन्त्य गर्न सबै गर्दैछौं। यो निश्चित छ जब हामी सफल हुन्छौं, तपाईहरु कम्तिमा एउटा कुरामा निश्चित हुनुहुनेछ: तपाईहरुका बच्चाहरूलाई हाम्रो भूमिमा मर्न पठाउनु हुने छैन “उनले भने।

रुसको आक्रमणको पहिलो दुई दिनमा नै असफल भै सकेको तर रुसले अझै पनि “सबै ठाउँबाट जनशक्ति प्राप्त गरिरहेको” बताए।

“रूसी सेनाले हाम्रा शहरहरू ध्वस्त पार्छन्। नागरिकहरूलाई अन्धाधुन्ध रूपमा मार्छन्। महिलाहरूलाई बलात्कार गर्छन्, बालबालिकालाई अपहरण गर्छन्। शरणार्थीहरूलाई गोली हान्छन । तिनीहरू लुटपाटमा संलग्न हुन्छन्। तिनीहरूले संग्रहालयहरू जलाउँछन्, विद्यालय र अस्पतालहरू उडाउँछन्। तिनीहरूको लक्ष्य विश्वविद्यालयहरू, आवासीय क्षेत्रहरू हुन ,उनले उक्त अङ्किय दृश्य(भिडियो)मा भने ।

प्रतिक्रिया