राजनीतिक दलले आचार संहिता पूर्ण पालना गर्नुपर्छ–आयुक्त थपलिया

इनेप्लिज २०७८ चैत ९ गते १०:०९ मा प्रकाशित

विराटनगर ९ चैत।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलहरुले आचारसंहिताको पुर्ण पालना गर्नुपर्ने बताउनु भएको छ।

निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचार संहितको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा उहाँले यस पटकको निर्वाचनलाई खर्चिलो र भडकिलो हुन नदिन आचार संहिता पालनमा कडाइका साथ कार्यान्वयन गरिने धारणा राख्नु भयो।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचार संहित उल्लङघन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो।

उहाले आयोगले प्रत्येक स्थानीय तहमा आचार संंहिता कार्यान्वयनका लागी समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिनु भयो।

प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको रक्षा गर्दै साशकिय पद्धतीको सुधारका लागी राजनीतिकदलहरुले आचार सहिता पालनमा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त्त गर्नु भयो।

उहाँले आचारसंहिता उल्लङ्घन गर्ने दल,उम्मदेवार,सर्मथक माथि स्थानीय समुदायले खवरदारी गर्नुपर्ने आवश्यक्ता माथि जोड दिनु भयो।प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहता पालना नभएको विषयमा व्यापक जनगुनासो आएका चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचार संंहिता कार्यान्वयनमा नया रणनीति कार्यान्वयन गर्न लागेको बताउनु भयो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तहको निर्वाचनलाई सभ्य,व्यवस्थित र भयरहित बातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो।

पूर्व कानून सचिव माधव पौडेलद्वारा निवाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमन,,र स्थानीय सरकार निर्वाचनको खर्च र प्रचार–प्रसार,पूर्व सचिव बेगेन्द्रराज शर्मा पौडेलले निर्वाचन आचार संहिताको प्रमुख विषयहरुः

सरोकारवालाहरुको भूमिका विषयक कार्यपत्र पेश गर्नु भएको थियो।
अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि,कानून व्यवसायिहरु,, कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया