जेलेन्स्कीले पोप फ्रान्सिसलाई युद्धको विरुद्ध स्पष्ट र सशक्त अडानका लागि कृतज्ञता ज्ञापन गरेका छन । साथै उनले यस समयमा समेत युक्रेनको भ्रमण गर्न आग्रह गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेल्सेन्कीले पोपलाई युक्रेन भ्रमण गर्न अपील गरेका छन । रूसी सेनाहरू विरुद्ध रक्षा समेत गर्ने भन्दै पादरीलाई धन्यवाद दिएका छन् ।
युक्रेनी सरकारको सामाजिक संजाल अनुहार किताव पन्ना (फेसबुक पेज)मा मंगलबार पोष्ट गरिएको सम्बोधनमा बोल्दै जेलेन्स्कीले भने, “युद्ध विरुद्धको स्पष्ट र सशक्त अडान र युक्रेनका लागि उहाँको प्रार्थनाको लागि म उहालाई धन्यवाद दिन्छु। मैले उहाँलाई यो सबैभन्दा महत्त्वपूर्ण समयमा हाम्रो देश भ्रमण गर्न निमन्त्रणा गर्दछु।”
“मलाई विश्वास छ कि हामी यो उच्चतम भ्रमणको व्यवस्था गर्न सक्छौं जसले निश्चित रूपमा हामी प्रत्येक, प्रत्येक युक्रेनीलाई मान्नेछ,” उनले भने ।
प्रतिक्रिया