युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग ‘कठिन वार्ता’ जारी रहेको बताए

इनेप्लिज २०७८ चैत ८ गते २३:४८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग ‘कठिन वार्ता’ जारी रहेको बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार आफ्नो सरकारी सामाजिक संजाल पृष्ठमा प्रकाशित गर्दै रुससँगको वार्ताको बारेमा अध्यावधिक गराएको समाचार सिएनएनले लेखेको छ ।

“यो क्रूर युद्धलाई रोक्न रुसलाई विश्वस्त र सुनिश्चित गर्न हामी विभिन्न तहमा काम जारी राखेका छौ । हाम्रो कठिन वार्ता जारी रहेको छ। यो चुनौतीपूर्ण छ। कहिलेकाँही अपमानजनक पनि छ ,” उनले भने।

जेलेन्स्कीले पनि भने, “म हामीसँग काम गर्ने र रुसमा वास्तविक दृश्य ल्याउने र लडाई कार्यहरूको वास्तविकता देख्न विश्वस्त पार्ने सबै अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूप्रति आभारी छु। र ,विश्वले सत्यलाई रोक्न कहिले सक्दैन ”

उनले थपे, ‘हामी अन्त्यसम्म बहादुरी र खुलेर लड्नेछौँ ।

प्रतिक्रिया