गुरुकुल नाटशालाको रु तीन करोडमा नव निर्मित भवन उद्घाटन

इनेप्लिज २०७८ चैत ८ गते २१:५८ मा प्रकाशित

विराटनगर,८चैत।विराटनगर महानगरपालिका र भारत सरकारको सहयोगमा विराटनगर –८ हाटखोला स्थित आरोहण गुरुकुलको नाट्यशालाको नव निर्मित भवन आजदेखि सञ्चालनमा आएको छ।

उक्त्त भवन रु तीन करोड ५१ लाखको लागतमा निर्माण भएको हो।

महानगरपालिकाका प्रमुख भिम पराजुली र भारतीय राजदुतावासका द्धितीय सचिव प्रसान्तकुमार सोनाले आज यहाँ संयुक्त रुपमा उद्घाटन गनुभयो।

सुविधासम्पन्न नाट्यशाला भवनमा १२ कठामा रहेको र चारसय दर्शक अटाउने क्षमता रहेको छ।

सन् २०१७ देखि निर्माण कार्य शुरु गरिएको सो भवन पाचवर्षमा निमार्ण सम्पन्न भएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले वताउनुभयो।

प्रमुख पराजुलीले नाट्यशाला निर्माणबाट यस क्षेत्रका कला सस्कृतिको अन्तर्राष्ट्रियस्तरमा परिचय गराउन सहयोग पुगेकोमा गौरान्वित महशुस गर्नु भयो।

उहाँले नेपाल र भारतको सम्वन्ध रोटी र बेटीका साथै जनस्तरको रहेकाले आरोहण गुरुकुलको भवन निमार्ण संगै भारत सरकारको नगरका सामुदायिक विद्यालयको विकासमा सहयोग पुर्याउन आग्रह गर्नु भयो।

भारतीय दुतावासका द्धितीय सचिव सोनाले कला संस्कृतिको संरक्षणका लागि नाटयशाला निमार्ण गर्न पाउँदा खुशी व्यक्त्त गर्दै आगामी दिन थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

विराटनगर महानगरपालिकाका इन्जिनियर भरतकुमार न्यौपाने भवन निर्माण सम्बन्धि प्रतिवेदन पेश गर्दै नाट्यशालामा एसी लगायत आवश्यक उपकरणहरु चाँडै जडान हुने वताउनुभयो।

नयाँ भवन वन्नुअघि सो ठाउँमा रहेको सुशीला नाट्यघरमा नाटकहरु मञ्चन हुदै आएको छ।

प्रतिक्रिया