गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौ ‘न’क र्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो ।
गीतमा माओवादी जनयु’द्धमा सहभागी महिलाले यौ’ ‘न व्य’वसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आ’लोचना गरेका थिए ।
गीत आ’लोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन्।जसमा पुरानो भिडियोमा रहेको यौ’ ‘न व्यवसाय झल्किने दृश्य हटाइएको छ।
यो संगै सुरुमै आलोचना गरि प्रकाश सपुतलाई चेतावनी दिने माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिएपछि उक्त भिडिओबारे सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थाल्यो।
सिंहले भिडिओ मार्फत् जनयुद्धमा सहभागी महिलाहरू दे’ह’व्या’पारमा सं’लग्न भएको सन्देश दिनुू प्रति आ’प’त्ति जनाउँदै लेखेकी थिइन् ‘यस भिडिओ निन्दनीय छ।जनयु द्धकै कारण महिलाले स्वतन्त्रता,न्याय र समानता प्राप्त गरेको,राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा बुझाइरहनुपर्ने होर ?’ भिडिओ अ’पमा’जन’क भएको र सर्जक सपुतले माफी मागेर त्यसलाई यूट्यूबबाट हटाउनु पर्ने चेतावनी दिएकी थिइन्।
सोहि अनुरुप प्रकास सपुत सो दृश्य हटाएपछि अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले प्रकाश सपूतले मन जितेको बताएकी छन्।उनले सामाजिक संजालमा लेखेकी छन् : प्रकाश सपूत जि ले भिडियोकाे वि’वादा’स्पद दृष्य हटाउने निर्णय गर्नु भएछ।याे निर्णयकाे लागि धन्यवाद भन्न चाहन्छु।
याे वि’वादा’स्पद दृष्य हटाउन आग्रह गर्दा सामाजिक सञ्जालमा आएका टिप्पणीहरु केही स्वघोषित बौद्धिक भन्नेहरुका विश्लेषणहरु र याे गितलाई लिएर गर्न खाेजिएकाे राजनीतिकरणकाे हताराे देखेर मित्रहरू प्रति भने दया लागेकाे छ।
यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्न तयार बनियाे तर गलतलाई सहि भन्न माओवादी स्कुलले कहिले सिकाएन।दृष्य गलत भएकै कारण निरन्तर विरोध थियाे । मान्छेबाट गल्ती हुन्छन तर गल्तीको वस्तुनिष्ठ समीक्षा सहित गल्ती सच्याउन सक्ने महानता कमै मान्छेमा हुन्छ।त्याे महानता कायम गर्न सफल बन्नु भयाे प्रकाश सपूत जि तपाईंले फेरि मन जित्नु भयाे तपाईंलाई हार्दिक धन्यवाद छ ।तपाईंको आगामी श्रृजनाकाे अपार सफलताको शुभकामना।
प्रतिक्रिया