निक्षेपभन्दा बढी मधेसमा लगानी गरिएको सेन्चुरी कमर्सियल बैंकको दाबी

इनेप्लिज २०७८ फागुन २६ गते २२:५६ मा प्रकाशित


रौतहट,सेन्चुरी कमर्सियल बैंकले मधेस प्रदेशमा निक्षेप संकलनभन्दा बढी लगानी गरेको दाबी गरेको छ।एघारौँ वार्षिकोत्सवको अवसरमा रौतहटको गरुडामा आयोजित एक कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुबास शर्माले सरकारको नीतिअनुसार प्राथमिकताको क्षेत्रमा बैंकले पर्याप्त लगानी गरेको बताएका छन्।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी जानकारीका साथै मावि गरुडालाई पानी छान्ने फिल्टर उपलब्ध गराएको बैंकले मधेस प्रदेशमा ७ अर्ब लगानी गरेको शर्माले जानकारी गराएका छन्।मधेस प्रदेशमा बैंकले ६ अर्ब निक्षेप संकलन गरेको र ७ अर्ब लगानी गरेको बताउँदै निक्षेप संकलनभन्दा जनतामा लगानी धेरै गर्ने बैंक रहेको बताएका छन्।

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७२ करोड नाफा गर्न सफल भएको बताउँदै शर्माले अहिलेसम्म देखिएको नाफाको रेकर्ड नै तोडिएको बताएका छन्।
मधेस प्रदेशमा बैंकको १३ वटा शाखा रहेको जानकारी गराउँदै शर्माले दुई हप्तामा कलैया,लालबन्दी र बर्दीबासमा गरी थप तिन वटा शाखाको विस्तार गर्दै १६ पुग्न लागेको जानकारी गराएका छन् ।

मधेस प्रदेशमा सेन्चुरी कमर्सियल बैंकका करिब दुई लाख सेवाग्राही मधेस प्रदेशमा रहेको शर्माको भनाइ छ ।

प्रतिक्रिया