पुटिनले राखेका शर्तहरू ‘कसैलाई मान्य नहुने’ बताएः म्याक्रोन

इनेप्लिज २०७८ फागुन २६ गते १८:०२ मा प्रकाशित

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनमा युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेका सर्तहरू “कसैलाई पनि मान्य नहुने” बताएका छन्।

“म आगामी केही घण्टा वा आगामी दिनहरूमा पनि कूटनीतिक समाधान देख्दिन,” म्याक्रोनले युरोपेली संघका नेताहरूको शिखर सम्मेलन अघि भर्साइलमा पत्रकारहरूलाई भने ।

म्याक्रोनले आगामी घण्टामा युक्रेनमा युद्धविरामलाई “यथार्थवादी” रूपमा नदेखेको बताए।

“म पक्कै पनि आशावादी छु तर म यथार्थवादी पनि हुनुपर्छ,” उनले थपे।

प्रतिक्रिया