बिहीबार कुराकानीमा युक्रेन छोड्नेहरूलाई अमेरिकाले कसरी सहयोग गर्न सक्छ भनेर जानकारी गराउन मद्दत गर्नेछ , उन्ले भनिन ।
“हामीले आज दिउँसो भएको कुराकानीले मलाई, संयुक्त राज्यका राष्ट्रपति र अमेरिकी जनतालाई तपाईंले के अनुभव गर्नुभयो भन्ने बारे जानकारी गराउन मद्दत गर्नेछ ताकि हामी तपाईंलाई र तपाईंको परिवारलाई राम्रोसँग सहयोग गर्न सक्छौं,” ह्यारिसले भनिन।
उनले अगाडी भनिन , “तपाईहरुले धेरै पार गरिसक्नु भयो। यस टेबलका मानिसहरूले दशौ लाख भन्दा बढी मानिसहरूलाई प्रतिनिधित्व गर्छन् जुन देख्नै पर्छ, तिनीहरूको कथा थाहा हुनुपर्छ, ताकि हामी संसारभरका मानिसहरूको समुदायको रूपमा तपाईंलाई समर्थन गर्न सक्छौं।”
उनले “तपाईंको इच्छा, तपाईंको साहस र तपाईंको समय” को लागि समूहलाई धन्यवाद दिईन ।
“हामी तपाईलाई समर्थन गर्न यहाँ छौं, र तपाई एक्लै हुनुहुन्न … हामी संसारभरि हेरिरहेका छौं,” उनले भनिन्।
प्रतिक्रिया