इस्लाममा महिला अधिकार स्थापित रहेको–मन्त्री कार्की

इनेप्लिज २०७८ फागुन २६ गते ११:१५ मा प्रकाशित

विराटनगर,२६ फागुन।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकाल देखि नै स्थापित भएको बताउनुभएको छ।

इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘राष्ट्र व्यापी महिला अधिकार अभियान’ को समापन समारोहलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री कार्कीले नेपाली मुसलमानहरुको नेपालको राष्ट्रिय एकीकरणमा ठूलो भूमिका रहेको चर्चा गर्दै मुस्लिम महिलाहरुको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष हो भत्रुभयो।

महिलाको बिहे हुने अन्तिम समयमा पनि बिवाह गर्न राजी छौँ कि छैनौँ स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापितको एक उदाहरण भन्दै मन्त्री कार्कीले मुस्लिम महिलाहरु अधिकारको लडाईसँगै शिक्षामा पनि अघि बढ्नु पर्ने सुझाव दिनुभयो।

महिलाविनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन खोसेर लिन सक्नु पर्छ भत्रुभयो।प्रतिष्ठाबाट स्थापित पद गएपनि मानिसको प्रतिष्ठा रहिरहने हो बताउँदै मन्त्री कार्कीले नेपाली मुसलमानहरु मेहनती र परिश्रमी छन् भत्रुभयो।

कार्यक्रममा मौलाना ताहिर नदवी,जुलफकर अली जेनिसा सुमन,केशरजहाँ फलाही र जनिसा खातुनले पनि बोल्नुभएको थियो।

सोही कार्यक्रममा चिकित्सा तथा शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने मुस्लिम समुदायकका अगुवा महिला प्राध्यापक बिलकिस बानो,डा फरिदा खातुन, समाजसेवी जनिसा सुमन सम्मान पनि गरिएको थियो।

फागुन २० गते देखि २६ गते सम्म सञ्चालन भएको सो अभियान प्रदेश नं १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने,चेतना फैलाउन र सुनसरी मोरङ, झापा र उदयपुर तथा कृषि इन्जिनियरिङ क्याम्पस धराना सहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान तीव्र गतिमा सञ्चालन गरेको थियो।

प्रतिक्रिया