युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार स्थापना गरिएको मानवीय मार्ग (कोरिडोर )मार्फत “सबैमा लगभग ३५,००० मानिसहरूलाई उद्धार गरिएको” बताए।
“आज हामीले तीनवटा मानवीय मार्ग (कोरिडोर)हरू व्यवस्थित गर्न सक्षम भयौं: सुमी ,किभ र कीभ क्षेत्रको शहर र एनरहोडरबाट,” उनले भने । प्रयासहरू बिहीबार पनि जारी रहने उनले बताए ।
जेलेन्स्कीले भने कि युक्रेनी अधिकारीहरूले रूसी सेनाको आक्रमणमा परेका क्षेत्रहरूबाट मानिसहरूलाई बाहिर निकाल्न छ वटा मानवीय मार्गहरू तयार गरिरहेका थिए।
“हामी मारियुपोल, इजियम, भोल्नोभाखा आदिका मानिसहरूलाई स्वतन्त्र युक्रेनको सुरक्षित स्थानमा बाहिर निकाल्न सक्षम हुने प्रार्थना गरिरहेका छौं। र ,म बिश्वस्त छु कि यी मानिसहरूलाई मद्दत चाहिने हरेक युक्रेनीलाई थाहा छ “उनले भने।
कतिपय मार्गहरूले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान सफल भए पनि अरूलाई त्याग्नुपर्ने परेको उनले भने ।
प्रतिक्रिया