चीनले युक्रेनलाई ७ लाख ९० हजार डलर भन्दा बढी सहयोग गर्ने

इनेप्लिज २०७८ फागुन २५ गते १६:३८ मा प्रकाशित

चीनले युक्रेनलाई ७ लाख ९० हजार डलर भन्दा बढी सहयोग गर्ने भएको छ ।

चीनको रेडक्रसले युक्रेनलाई ५० लाख युआन (वा करिब ७९१,००० अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने छ, चीनको विदेश मन्त्रालयले एक बिबरणमा जनाएको समाचार सिएनएनले लेखेको छ ।

सहायताको पहिलो समूह बुधबार बेइजिङबाट प्रस्थान गरेको छ।

युक्रेनको अनुरोधमा खाद्यान्न र दैनिक अत्यावश्यक वस्तुहरू समावेश भएको यो सहायता युक्रेनी रेडक्रसलाई “सकेसम्म चाँडो” पठाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने।

प्रतिक्रिया