युक्रेनको सुमी शहरमा रुसी आक्रमणमा परि २१ सर्वसाधारण मारिए

इनेप्लिज २०७८ फागुन २४ गते १२:१४ मा प्रकाशित

युक्रेनको सुमी शहरमा रुसी आक्रमणमा परि २१ सर्वसाधारण मारिएको युक्रेनी अधिकारीहरूले बताए ।

क्षेत्रीय अभियोजकको कार्यालयका अनुसार उत्तरपूर्वी युक्रेनी शहर सुमीमा रातभरि भएको आक्रमणमा मृत्यु हुनेको संख्या २१ जना सर्वसाधारण पुगेको छ।

कार्यालयले शहरमा भएको हवाई आक्रमणमा १९ वयस्क र २ बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ ।

बम विष्फोटको परिणाम स्वरूप, एउटा घर पूर्ण रूपमा ध्वस्त भएको छ भने १६ वटा घर आंशिक रूपमा नष्ट भएको बताईएको छ ।

७ बजे सम्म निरीक्षणको क्रममा २ बालबालिका सहित २१ जनाको शव फेला परेको अधिकारीहरुले जनाए ।

युक्रेन र रुसले मंगलबार सुमीमा एउटा निकासी मार्ग (कोरिडोर)मा सहमति जनाएका छन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया