महिला दिवस सम्मान

इनेप्लिज २०७८ फागुन २४ गते ०:२२ मा प्रकाशित


विराटनगर,२३ फागुन।अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ महिला चिकित्सक,,उद्यमी र समाजसेवीलाई सम्मान गरियो।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ तथा महिला उद्यमी समिति मोरङद्वारा आज यहाँ मेहनती,सृजना, उत्पादन र वस्तु मेरो नेपालको÷उद्योग गरौ,उद्यमी बनौ ’नाराका साथ चिकित्सक डा शैजला श्रेष्ठ क्षेत्री,महिला उद्यमी ओमकुमारी राई,समाजसेवी सीता पोखरेल,शिवा उपाध्याय र नमीता न्यौपाने पोखरेललाई सम्मान गरिएको छ।

प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री विष्ण तुम्वाहाम्फेले सम्मानितहरुलाई सम्मान गर्दै राज्यको प्रत्येक कार्यालयमा ३३ प्रतिशत महिला नियुक्ति भएमा मुलुकमा भ्रष्टाको अन्त्य भई समृद्धि कायम हुने बताउनु भयो।

कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले किसानले उत्पादन गरेका कृषि उत्पादित वस्तुहरुलाई प्रशोधित गर्न आवशयक प्रविधि र बजार पु¥याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

सङ्घका अध्यक्ष चेतन निरौला,समितिका अध्यक्ष सुनिता छेराहाङ,नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनाल लगायतले साना तथा घरेलु उद्यमीहरुको उत्पादनलाई ठूला मल तथा स्टोरमा बिक्री वितरणको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रम स्थलमा मोरङ,सुनसरी, उदयपुर र इलाममा साना उद्यमीहरुद्वारा उत्पादित मह,अकवरे खोसानीको अचार,जुत्ता,फलामका उत्पादन,झोला, टोपी,कोट लगायतका घरेलु तथा कृषि सामाग्रीहरु प्रदर्शन गरिएको थियो।

मोरङमा तीन हजार ५०० सय साना उद्योग सङ्घमा र एक हजार ५०० महिला उद्यमी सङ्घमा आवद्ध रहेको छन्।

प्रतिक्रिया