रुसद्वारा युक्रेनी ५ शहरमा नयाँ युद्धविरामको प्रस्ताव

इनेप्लिज २०७८ फागुन २३ गते २३:५५ मा प्रकाशित

रुसले युक्रेनी ५ शहरमा नयाँ युद्धविरामको प्रस्ताव गरेको छ । तर युक्रेन अझै सहमत भएको छैन।

रुसले मस्को समय अनुसार बिहान १० बजेबाट सुरु हुने नयाँ युद्धविरामको प्रस्ताव गरेको छ, जुन मङ्गलबार बिहान २ बजे हो । जसले किभ, चेर्निहाइभ, सुमी, खार्किभ र मारिउपोलबाट निकासी मार्ग (कोरिडोर )खोल्न तयार रहेको सङ्केत गरेको छ ।

रुसी सञ्चारमाध्यमले मानवीय प्रतिक्रियाको लागि रुसी समन्वय मुख्यालयलाई उद्धृत गर्दै उक्त समाचार प्रकाशित गरेको छ । युक्रेनले युद्धविरामको प्रस्तावलाई औपचारिक रूपमा स्वीकार गरेको छैन।

“रूसले मार्च ८ मा बिहान १० बजे (मस्को समय) बाट युद्धविरामको घोषणा गर्दछ, र मानवीय मार्ग (कोरिडोर)हरू उपलब्ध गराउन तयार छ: कीभ र छेउछाउका बस्तीहरूबाट बेलारुस गणतन्त्रको क्षेत्र हुँदै गोमेलसम्म रूसी संघ सम्म,” भनि रुसी संचार माध्यमले समाचार लेखेको छ ।

रुसी विज्ञप्तिमा थपिएको छ कि मानवीय निकासी मार्गहरू “बेलारुसको इलाका हुँदै चेर्निहाइभ, सुमी शहरबाट पोल्टाभा र रुसको इलाकासम्म, खार्किभबाट रुसको इलाका वा ल्भिभ, उज्गोरोडसम्मका दुई मार्गहरू लगायत खोलिनेछ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया