विराटनगर, २३ फागुन।प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश भरि ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याउने बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
मन्त्री घिमिरेले यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज र सरल बनाउन आगामी चैत १ गतेदेखि अनलाईन सेवा शुरु हुने भन्दै सहरलाई सुन्दर र दुर्घटना मुक्त्त बनाउन ट्राफिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।उहाँले ट्राफिक प्रहरीले सङ्कलन गरेको राजस्व प्रदेशमै खर्च गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको भन्दै ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीको मागलाई सम्बोधन हुने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।उहाँले हामीले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने तथा यहाँ नगरे कहाँ गर्ने उक्त्तिले काम गर्ने हौसला प्रदान गर्ने भन्दै कोशी देखि मेची र रानी देखि सुनसरीको तरहरासम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्न रकम निकासा भइसकेको बताउनुभयो।
यातायात व्यवस्था तथा सञ्चार सचिव जयकुमार घिमिरले ट्राफिक व्यवस्थापनमा देखिएका समस्यालाई निराकरण गर्न मन्त्रालय जिम्मेवारी भएर काम गरिरहेको बताउनुभयो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकातिर सडक विस्तार अर्को तिर साँधुरो सडकमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भत्रुभयो।उहाँले सडक सुशासन, सडक सुरक्षा भरपर्दो भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै ट्राफिकले सङ्कलन गरेको राजस्व नागरिक सुरक्षामै खर्च हुनु पर्ने व्यवस्था हुनु पर्ने बताउनुभयो।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा निकै प्रयास भइरहेको बताउँदै यसको दीर्घकालीन समाधान गर्न पार्किङको लागि जग्गाा व्यवस्थापन गर्ने बताउनुभयो।
ट्राफिक प्रहरी प्रमुख चन्द्र खड्काले मोरङमा जम्मा ११४ जना ट्राफिकमा विराटनगर क्षेत्रमा ६४ जना कार्यरत रहेको भन्दै सडक दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापनमा जनशक्त्ति कम रहेको जानकारी दिनुभयो।उहाँले गएको वर्षमा रु.चार करोड २० लाख र चालु आर्थिक वर्षमा अहिलेसम्ममा रु.दुई करोड ७१ लाख राजस्व सङ्कलन गरिसकेको जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्ण रहेको, सवारी साधनको कमी रहेको,मापसे जाँच गर्ने मेशिन एक मात्र रहेको,रफतार जाँच गर्ने मेशिन नरहेको जस्ता समस्या अवगत गराउनुभएको थियो।
कार्यक्रमा समाजसेवी मधुबाबु तिवारी,सिटी सफारी सङ्घका विनोद रौनियार र मोरङ व्यापार सङ्घका प्रतिनिधि सुशिल सुराना,नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल लगायतले पनि ट्राफिक व्यवस्थापन क्षेत्रमा देखिएका समस्याहरुका बारेमा बोल्नुभएको थियो।
प्रतिक्रिया