माधव आफु पेशाले पुरेत्याई गर्दछन्।माधवको परिवारमा एक छोरी मोहनी छिन् तथापि उनको छोरा पाउन चाहना भने नभएको होइन।माधव र उनकी श्रीमतीले छोरा पाउन धेरै उपचार गरे।उनका जजमानहरुले पुरोहितको बंश नाश हुन लागे भन्थे भने कसैले अर्को बिबाह गर्न सल्लाह दिन्थे।एकदिन माधवले २०४८ सालतिरको आफ्नो कलेज जीवनको बारेमा सम्झें।माधव काठमाडौंको बाल्मिकी कलेजमा पढ्थे।उनको कलेज सँगै रत्न राज्यलक्ष्मी कलेज थियो।माधव कलेज जाने बाटोनिर एकदिन एकहुल महिलाहरु बसीरहेका थिए।माधवलाई देखी ती महिलाहरुले जिस्काए।माधव खाइ लाग्दो ज्यानको थिए।त्यो पनि देख्दा कुनै फिल्मको नायक जस्तो लाग्ने।अग्लो,मिलेको जीउडाल,खाइलाग्दो,ठुला ठुलाआँखा भएको।माधव ती महिलाहरुले जिस्काउँदा लाजले रातै भएका थिए।यो क्रम केहीदिन सम्म चल्यो।अव माधवलाई पनि रमाइलो लाग्न थाल्यो।कुनै दिन ती महिलाहरुको जमात देखेन र उनलाई जिस्काएनन् भने खल्लोे लाग्थ्यो।कारण, ती महिलाहरुको हुल मध्ये शुसीलासँग उनको आँखा घरि घरि जुध्ने गर्दथ्यो।उनीले ती महिलाहरुको भिडमा शुसीलालाई मन मनै मन पराउन थालेका थिए।
एकदिनको कुरा सधैं झै माधव उही बाटो हिडंदै गर्दा महिलाहरुले हुलबाट एउटीले उ भविश्यको पुरोहित आउनु भयो भने।माधव नि के कम थिए र उनले भने हो त नि,म त भविश्यको पुरोहीत हुँ र आफ्नो बिहेमा आफैले पुरेत्याई गर्छु समेत भने ।ती जमातबाट अर्की महिलाले सोधे अनि को हो नि ती भाग्यमानी ? भनि वाक्य नै पुरा नहुँदै माधवले शुसीलालाई देखाउँदै म त उनीसँग बिहे गर्छु भने र तव सबै महिलाहरु हांसें।शुसीला भने लाजले भुतुक्कै भइन तर केहि भने बोलिनन्। शुसीलाले पनि माधवलाई मन नपराएको त कहाँ हो र।एकदिन शुसीलाको कलेज छुट्टी भै सकेपछि माधवलाई कुरेर बसी राखिन।सँजोगले माधव पनि आइपुगे।त्यो समयमा मोवाइल फोन कहाँ थियो र।शुसीलाले कापीको पन्नामा आफनो घरको फोन नम्बर लेखि पोको पारेर माधवको छेउमा फ्याकिन्।माधवले मुसुक्क हाँस्दै ती कागजको पोको टिपे र आफ्नो खल्तीमा राखे।फोनमा कुराकानी हुन थालेको २ बर्ष पश्चात उनीहरुको प्रेम बिबाहमा परीणत भयो।माधवले त्यतिका धेरै मन पराएर बिबाह गरेको श्रीमती माथि छोराको लागि मात्र भनि उनीमाथि सौता हाल्दा पापै लाग्छ भन्ने सोचे।एकदिन उनका एउटा साथीले हरीवशं पुराण लगाएमा दशा,ग्रह शान्ती हुन्छ,छोरो पनि जन्मन्छ भन्ने सल्लाह दिएपछि माधवले घरमा हरीवशं पुराण समेत लगाए।सँजोगले उनीहरुबाट छोरोको जन्म पनि भयो भने पुरै गाँउभरि खुशीयाली छायो।
छोराको नाम हरीश राखे।घरमा हरेक कुरामा छोरालाई प्राथमिकता दिंदा कहिलेकाही छोरीले मन दुखाउथीन।हरीश ठुलो हुदै गए।हरीशलाई उनको बुबाआमाले किनि दिएको लुगा कपडा उतिको मन परादैनथे तर दिदीको पुराना घाँघर,हिल जुत्ता लगाउन मन पराउथे।माधवले छोरालाई पुरेत्याई सिकोस, जजमानहरु चिनोस भनि जजमानी गर्न जाँदा हरीशको स्कूल बिदा भएको दिन सँगै लिएर जान्थे।तर हरीशलाई बुबाको काममा कुनै चासो रहदैनथ्यो।हरीश जजमानका छोरीहरुसँग भाडाकुरा लगायत अन्य खेल खेल्न मन पराउथे । कुनै जजमानको छोराले बोल्न आएमा लजाउथे।उनमा केटी मान्छेको जस्तो स्वभाव थियो।माधवलाई जजमानहरुले सानो पुरेहित बाबु त कस्तो केटी स्वभावको हुनु हुँदा रहेछ भन्दथे।पहिले पहिले त माधवलाई ती कुरामा हेक्का नै रहेन।एकदिन हरीश र उनका दिदी झगडा गर्दा हरीश रोए।शुसीलाले छोरा,तिमी पनि छोरी जस्तै रुने हो ? छोरा मान्छे भएर नि रुन्छन् भन्दा हरीशले रुने अधिकार छोरी मान्छेलाई मात्र हुन्छ भने म पनि हजूरहरुको छोरी नै हुँ भन्दा माधवको मनमा चिसो पस्यो।माधवले जमानहरुले भनेको कुराहरुको याद आउन थल्यो।माधबले हरीशको हरेक बानी व्यवहारहरु नियाल्न थाले।उनको बानी छोरी मान्छेको जस्तो थियो।हरीश युवा अवस्थाम पुगे।केहीदिन देखि हरीशले केही भन्न खोजे जस्तो लाग्थ्यो माधवलाई।एकदिन हरीशले आफू तेश्रो लिङ्गीभएको कुरा आमाबुबालाई सुनाए।पहिला त माधव र शुसीलाले यो कुरा सुन्नै सकेनन्।पछि मोहनीले पनि बुबाआमालाई सम्झाएपछि बास्तवकितालाई रोक्न छेक्न कसले सक्थ्यो र ? बिस्तारै हरिशको परिवारले स्विकारे तापनि उनका समाजमा कतिले बुझेका छैनन् त कतिले बुझ्न चाहन्नन,कतिले बुझ पचाए पनि।यो बिचमा हरिशले धेरै सघर्ष पनि गरे।
एकदिन उनले सोचे नेपालको संबिधानमा तेश्रो लिङगीको पहिचान, समानता र सँलग्नताको व्यवस्था भएसँगै नागरीकतामा पनि आफनो पहिचान बनाउन सक्ने व्यवस्था रिट मार्फत स्थापना भयो।बिभिन्न महासन्धीहरुले अधिकार त दिएको छ तर अन्य अधिकारको कानुन खोइ ? पुरुष र महिलाले समाज घर जहाँ पनि सम्मान र स्थान पाएको छ तर हाम्रो अधिकार र सम्मान खोइ ? के हामी मानव जाति वा नागरिक नै होइन ? किन गर्छ हामीलाई भेदभाव ? के हामी उत्पीडनमा छैनौ ? हाम्रो बिषय राज्य र समाजले सम्बोधन गर्नु पर्ने बिषय होइन ? राष्ट्रिय जनगणना २०७८ मा महिला र पुरुषको संख्या मात्र उल्लेख छ तर हामी जस्ता ९ लाख समलिङ्गीहरुको स्थान खोइ ? आज ११२औं अन्तराष्ट्रिय महिला दिवस मनाइदैछ,यसमा हाम्रो स्थान खोइ ? आजको दिनमा तीन तहको सरकारले हाम्रो बारेमा सम्बोधन गरको खोइ ? यस्ता प्रश्नहरुको उत्तर खोज्दाखोज्दै हरीश कतिखेर निदाए पत्तो नै पाएन।
-अधिवक्ता सजनी जोशी
प्रतिक्रिया