मानिस सर्वश्रेष्ठ प्राणी हो । आफ्नौ बौद्धिक क्षमताले सन्सारलाई एउटै गाउँ जस्तो बनाएको छ । मानिस आफ्ना अशल कार्यले सन्सार भर परिचित भएका छन् । पृथ्वीमा मात्र नभएर चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने योजना बन्दैछ । मानिसले गरेका आविष्कार र अन्वेषण गरेका यन्त्रहरू उपयोग र उपभोग सन्सारभरका सबैले गरीरहेका छन् । त्यस्ता मानिसहरू जाहे राईटर ब्रदर्स हुन, या बेल ग्राम हुन् । चाहे विलग्रेड हुन या, मार्क जुगरबर्ग र एलनमस्क हुन । त्यस्ता मानिसहरूलाई वालक देखि बृद्धबृद्धाले पनि उनीहरूका नाम र कामले चिन्दछन् । उनीहरूले गरेका आविष्कारहरू उपभोग गरेका छन् । सन्सारका शक्तिशालि राष्ट्रप्रमुखहरू राजा चार्लस हुन या बोरिस एल्तसिन या डोनाल्ड ट्रम्प यी सबैकी सर्जक भनेकी आमा नै हुन् । आमा बिना कुनै प्राणीहरूको परिकल्पनानै हुँदैन । आमा नभएको भए तपाईहामी आज यो धरतीमा हुने थिएनौँ । यो प्रकृतिको मनोरम सौन्दर्यतामा रम्ने र रसस्वादनका अनुभूति गर्ने त कुरै भएन । ती सृष्ट्रीकर्ता आमाकै अनुकम्पाबाट धरती सजिएको छ ।
अर्थशास्त्री माल्थसले प्रतिपादन गरेको बजार शास्त्रका नियम, बस्तु विनिमयमा मात्र लागू हुँदैन । यो चारै तर्फ लागू हुन्छ । यो परिवारमा लागू हुन्छ । परिवारका सदस्यमा लागू हुन्छ । प्रेममा लागू हुन्छ । भान्सामा लागू हुन्छ । । बाबुआमामा लागू हुन्छ । तपाईका बुबाआमा सँगै हुन्जेल तपाईलाई आमाबुबाको महत्व थाहा नहुन सक्छ । हिरा सुन जस्ता बस्तुहरू प्रसस्त पाउँदा त्यसको महत्व नहोला । बजारमा भाउकम होला । बुबाआमासँग रहँदा उहाँहरूको महत्व नबुझ्दा कती छोराछोरीले कठोर बाणीहरूले बिझाउने गरी बोल्ने गर्दछन् । बुबाआमा भनेका जीवित देवता हुन । भगवान हुन । तर जब तपाईका बुबाआमा तपाईसँग हुनुहुन्न, तब प्रत्येक पल, प्रत्येक क्षण बुबाआमाको अभावा महषुस गर्नु हुनेछ । गुमाई सके पछी पश्चातापमा छट्पटिनु भन्दा केही विकल्प रहने छैन । बुबाआमा भनेको ईस्वरको रूप हो । भगवानको प्रतिरूप हो । जसजसका बुबाआमा हुनु हुन्छ । जीवित हुँदै सेवा गरौँ । उहाँहरूबाट आशिर्वाद ग्रहण गरौँ । उहाँहरूले हामीलाई जन्म दिएर भोक, रोग, अप्ठ्यारा परिस्थिति सँग जुझेर नै आज हामी छौ । केही खानेकुरा देख्दा पनि छोराछोरी सम्झने । केही राम्रो खेलाउना या बस्त्र देख्दा पनि छोराछोरी सम्झने बुबाआमा । आज उहाँहरू बृद्ध हुनु भयो होला । हामी बयस्क भयौ होला । हाम्रा पनि साना छोराछोरी भए होला । हामी हाम्रा साना छोराछोरीलाई कती माया गर्छौँ ।
आज मेँ महिनाको दोश्रो आईतबार उत्तर अमेरिकामा आमाहरूको दिनका रूपमा मनाइन्छ । नेपालमा केही दिन अगाडीमात्र हामीले माता तीर्थ औँशीमा आमाको मुख हेर्यौ । यो आमाहरू अर्थात सृष्टीकर्ताहरूलाई बिशेष सम्मान गर्ने दिन हो । सन्तानलाई धर्तीमा अवतरण गराउँने आमाहरूको लागि सन्तानले आदर र सम्मान गर्ने दिन हो । हुन त हरेक दिन आफ्ना जन्म दाताहरूलाई सम्झिने र सम्मान गर्नु पर्दछ । तर एकै दिन देश भरिनै अझ धेरै देशहरूमा आमाहरूलाई सम्मान र सम्झना गर्ने दिन भएर नै आमाहरूको दिन अथवा Mother’s Day भनिएको हो । आमाहरू बिना सन्तानको परिकल्पना पनि गर्न सकिँदैन । आमाहरू सर्जक हुन त्यसैले आमालाई धरती पनि भनिन्छ । जसबाट सृष्टिका सुन्दर जीवहरू र प्राकृतिक सौन्दर्यताको जन्म भएको हुन्छ ।
भौगोलिक बिभिधता अनुसार एउटै मुलुकमा पनि आमालाई बिभिन्न भाषामा फरक फरक ढंगले सम्वोधन गर्ने गरिन्छ । लिम्वु भाषामा आमालाई मा, मान्ना, मानुदिङ, भनेर सम्वोधन गरिन्छ । वान्तवा राई भाषामा आमालाई मामा भन्ने गरिन्छ । नेपालभित्र आमा ,मा, माई, आमा, मै, अम्मा,अमला, माता, हुँदै ममी आदि शब्दले आमालाई सम्बोधन गरिन्छ । नेपाल भन्दा बाहिर गएर हेर्ने हो भने आमालाई चिनाउने भिन्नभिन्न देशहरूमा भिन्नभिन्न शब्दहरू छन् । जस्तो जापानिज भाषामा आमालाई हाहाओया (Hahaoya ) भनिन्छ । त्यस्तै गरेर कोरियन भाषामा अमोइनी (Eomeoni) भनिन्छ । चाइनिज भाषामा मोची(Muqin ) मम, मा मा, भनिन्छ । फ्रेन्च भाषामा मेर (M’ere) भनिन्छ । स्पेनिसमा माद्रे (Madre), रसियनमा म्वाम्वा (Mama ), पोर्चुगिजमा म्वए (Ma’e ), जर्मनमा मोटर ( Mutter), इटालियनमा मादरे (Madre), अरबिकमा उम (‘Um ), यूक्रेनियनमा माते (Maty), स्वाहेलीमा( Kenya ) मामा (Mama), अंग्रजीमा मोदर, मम, आदि शब्दले पुकारिन्छ ।
संसार भरी नै आमाहरूको दिन Mother’s Day मनाउने गरिन्छ । तर सबै भन्दा धेरै देशहरूले मदर्सडेलाई मे महिनाको दोश्रो आइतबारमा मनाउने गरेको पाइन्छ । भारत, पाकिस्ता , बंगलादेश, अमेरिका क्यानडा, आदि ९५ देशमा मे महिनाको दोश्रो आइतबारलाई आमाहरूको बिशेष दिनका रूपमा मनाइन्छ । अरबमुलुकका २० वटा देशहरूमा मार्च २१ का दिनलाई आमाहरूको दिनका रूपमा मनाइन्छ । आयरलेण्ड, नाइजेरिया, यूके, आदिमा मार्चको चोथो आइतबारलाई आमाहरूको आइतवार भनेर मनाइन्छ । अंगोला, हंगरी, पोर्चुगाल, स्पेन, मोजाम्विक, देशहरूमा मे महिनाको पहिलो आइतबारलाई आमाहरूको सम्झना गर्ने दिनका रूपमा मनाइन्छ । दक्षिण कोरियामा मे ८ लाई अविभावक दिवसका रूपमा मनाइन्छ । त्यसमा बिशेषगरी आमालाई अविभावक मान्ने प्रचलन छ । त्यस्तै गरी फ्रान्स, अल्जेरिया, क्यामरून, नाइजेरिया, हैँटी, सेनेगल, स्विडेन, डोमेनिकन रिपव्लि, माले ,मोरक्को, ट्यूनेशिया आदिमा मे महिनाको अन्तिम आइतवारलाई आमा सम्झने दिवसको रूपमा मनाउँनेचलन छ ।
जस्तो जापानिज भाषामा आमालाई हाहाओया (Hahaoya ) भनिन्छ । त्यस्तै गरेर कोरियन भाषामा अमोइनी (Eomeoni) भनिन्छ । चाइनिज भाषामा मोची(Muqin ) मम, मा मा, भनिन्छ । फ्रेन्च भाषामा मेर (M’ere) भनिन्छ । स्पेनिसमा माद्रे (Madre), रसियनमा म्वाम्वा (Mama ), पोर्चुगिजमा म्वए (Ma’e ), जर्मनमा मोटर ( Mutter), इटालियनमा मादरे (Madre), अरबिकमा उम (‘Um ), यूक्रेनियनमा माते (Maty), स्वाहेलीमा( Kenya ) मामा (Mama), अंग्रजीमा मोदर, मम, आदि शब्दले पुकारिन्छ ।
हाम्रा आमाबुबा पनि हामीलाई त्यो भन्दा बढी माया गर्नु हुन्छ । अझै गरी रहनु भएको हुन्छ । अझै हामीलाई सानै देख्नु हुन्छ । उहाँको भनाईमा मिठास भरिएन होला । तपाईको पढाई र पद अनुसार सम्वोधन भएन होला । तर तपाई हामी उहाँकै सृजना हौँ । हामी उहाँकै रगतले भिजेका गुन्यूमा लट्पटिएर हुर्किएका हौँ । उहाँकै मायाममता र करूणामा जीएका हौँ । जीवित देवी आमालाई आदर गरौँ । सम्मान गरौँ । संसार भरी रहनु भएका श्रद्धेय आमाहरूलाई २०२३को मे महिनाको दोश्रो शनिवार आमाहरूको दिनका उपलक्षमा हार्दिक मंगलमय शुभकामना । हामीले सँधै आमाहरूलाई सम्मान र आदर गरौँ । सत्भाव प्रकट गरौँ उहाँहरू भनेका हाम्रो जीवित देवताहरू हुनु हुन्छ । समस्त आमाहरूमा सादर नमन । आमाहरूको सम्मानमा मातातीर्थ औशीका दिन लोकार्पण भएको यो आमा भन्ने गीत यहाँहरू समक्ष पुन प्रस्तुत गरे । सुरेन उप्रेतीको रचनालाई संगीतकार विकाश चौधरीले संगीत दिनु भएको र मेलभर्सनमा स्वर पनि दिनु भएको छ । यसको फिमेल भर्सनमा गायिका सब्बु केसीले आफ्नो मिठो स्वरले कलात्मक ढंगले गाउनु भएको छ । सबै आमाहरूलाई समर्पण ।
प्रतिक्रिया