तेस्रो चरणको युक्रेन-रुस वार्ता बिहान ९ बजे हुने

इनेप्लिज २०७८ फागुन २३ गते १२:१८ मा प्रकाशित

तेस्रो चरणको युक्रेन-रुस वार्ता अमेरिकी पूर्वीय समय बिहान ९ बजे हुने पक्का भएको छ । युक्रेन र रुसबीचको तेस्रो चरणको वार्ता सोमबार अपराह्न ४ बजे सुरु हुने भएको छ ,युक्रेनी राष्ट्रपति सल्लाहकार मिखाइलो पोडोल्याक सामाजिक संजाल ट्विटरमा भने।

रुसी राज्य समाचार एजेन्सी टिएएसएसले गत आइतबार रुसी वार्ताकार लियोनिद स्लुत्स्कीले पनि वार्ता मार्च ७ मा हुने पुष्टि गरेको छ ।

यस कार्यक्रमको लागि पनि स्थान खुलासा गरिएको छैन। अझ पनि वार्ता स्थान गोप्य नै राखिदै आएको छ ।

पहिलो चरणको वार्ता फेब्रुअरी २८ मा र दोस्रो मार्च ३ मा बेलारुसमा भएको थियो ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाबीच बिहीबार टर्कीको अन्टाल्यामा भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया