युक्रेन-रुस वार्ता सोमबार पुनः सुरु हुने भएको छ । युक्रेन र रुसका प्रतिनिधिहरूले भोलि तेस्रो चरणको वार्ता हुने युक्रेनी वार्ताकार डेभिड अरखामियाले आफ्नो आधिकारिक सामाजिक संजाल अनुहार किताव (फेसबुक ) खाता मार्फत जानकारी गराएका छन् ।
“तेस्रो चरणको वार्ता सोमबार हुनेछ,” अरखामियाले थप विवरण नदिई भने।
रूसी राज्य समाचार संस्था (टिएएसएस)ले आइतवार रूसी वार्ताकार लियोनिद स्लुत्स्कीले सोलोभिएभले एक प्रत्यक्ष प्रसारणमा गरेको कुराकानीको क्रममा तेस्रो चरणको मार्च ७ मा हुनेछ भनेर पुष्टि गरेको छ ।
स्लुत्स्कीले अन्तर्वार्तामा दोस्रो चरणको वार्तामा युक्रेनी पक्षले वार्ता गर्ने क्षमता देखाएको बताए । उनीहरूले बुझेका छन् कि मानिसहरूको जीवन खतरामा छ। यो हाम्रो साझा प्राथमिकता हो ,उनले भने ।
अरखामिया र स्लुत्स्कीले वार्ता कहाँ हुनेछ भनेर भनेनन् ।
प्रतिक्रिया