गठबन्धन दललाई आगामी निर्वाचनसम्म लैजानु पर्छ–नेता गच्छदार

इनेप्लिज २०७८ फागुन २२ गते १०:५६ मा प्रकाशित

विराटनगर,२२ फागुन।नेपाली कांगेसका केन्दीय सदस्य बिजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानु पर्ने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर हिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पार्नु भयो।

पूर्व उपप्रधानमन्त्री गच्छदारले गठवन्धन दलहरुको सुझवुझ अनुसार मुलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसदबाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले वधाई तथा तथा धन्यवाद दिनु भयो।

उहाँले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुंदे सम्झौता गरेको जानकारी दिनु भयो।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्याएको धारणा व्यक्त्त गर्नु भयो।

उहाँले नेकांका अन्य नेताले के भन्नु भयो त्यो थाहा नभएको बताउँदै गठबन्धनबाट नेकांले निर्वाचनमा फाइदा लिनु पर्नेमा जोड दिनु भयो।

‘प्रतिपक्षले संसद अवरुद्ध गरिरहेको हुनाले गरेको ताजा जनादेश आवश्यक रहेको छ’भन्दै उहाँले यस सम्वन्धमा अन्य वैकल्पिक उपायका वारेमा छलफल चलिरहेको धारणा व्यक्त्त गर्नु भयो।

नेता गच्छदारले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुन सवैलाई आग्रह गर्नु भयो।

प्रतिक्रिया