नेकपा एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियु पोखरा महानगरपालिका अध्यक्षमा दुर्गानाथ लामिछाने चयन भएका छन्।वन विज्ञान अध्ययन संस्थानमा आयोजित महानगर कमिटीको पहिलो सम्मेलनले लामिछानेको नेतृत्वमा ३९ सदस्यीय कमिटी चुनेको हो।
सम्मेलनबाट उपाध्यक्ष अभी सुवेदी,सचिव सवनम सुवेदी,उपसचिव कपिल अधिकारी र सागर सुधिकारी, कोषाध्यक्ष अमित तिमिल्सिना चयन भएका छन्।
सम्मेलनमा अनेरास्ववियु कास्कीका पूर्व जिल्ला अध्यक्षहरु जीवन आचार्य,झपट रानाभाट,सूर्यप्रसाद भण्डारी,इमानराज पौडेल,ई.धुव्र भट्टराई,विष्णुप्रसाद गौतम, हरिबोल गौतम,शेखर गौतम,अर्जुन अधिकारी, विवेक देवकोटालाई सम्मान गरिएको थियो।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय महासचिव समिक बडाल,केन्द्रीय सचिव सुजन भट्टराई लगायत प्रदेश र जिल्ला तहका विद्यार्थी नेताहरुको उपस्थिति थियो।
प्रतिक्रिया