दिल

गोबिन्द राज ओझा     २०७८ फागुन १९ गते १२:२६ मा प्रकाशित

 

तिमि सँग भेटनु मेरो एक बहाना मात्र  भयो

बालकाल देखिको यादहरु मेरो दिलमा थियो

 

त्यो गाउँमा आएर तिमिलाई भेटनु बहाना थियो

दुई मुटुको एक बन्धन हाम्रो अटुट नाता थियो

बालकाल देखिको यादहरु मेरो दिलमा थियो

मेरा सारा सपनामा तिम्रो साथ थियो

 

तिमिलाई स्थान दिने यो दिल पागल थियो

यो दिलको बारेमा दिनुपर्ने मेरो उजुरी थियो

दिलमा कति बेला आयौ यहाँ घर बसाई दियौ

बाच्नु ,यादले पिरोल्नु यो दिलको कहानि थियो

 

दिलले भनेको सबै मान्नु यो मेरो नियति थियो

यो दिलसँग मैले धेरै कुरा सोध्नु पर्ने थियो

भोक , प्यास  हराउने रोग लगायो मलाई

आखाबाट आशु झारी रुने बनायो मलाई

 

सबै कुरा दिलमा राखि नबोल्ने बनायो मलाई

भोक , प्यास  हराउने रोग लगायो मलाई

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

प्रतिक्रिया