भागवत गिता र शिक्षा !

भावना रेग्मी २०७८ फागुन १८ गते ११:१२ मा प्रकाशित

भावना रेग्मी

भागवत गिताको परिचय- श्रीमद्भागवत गिता शिक्षा हिन्दु धर्मको पवित्र तथा महाधर्ममध्ये एक हो।यो ऐतिहासिक हिन्दुग्रन्थ भिष्म पर्वबाट लिएको एक सानो ग्रह हो।भागवत गिता आज भन्दा लगभग ५ हजार वर्ष पहिला अर्थात कलियूगको आरम्भको कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गिताको उपदेश अर्जुनलाई दिएका थिए।यो सञ्जय र धु्तराष्टको सम्वादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ। यसमा १८ अध्याय छन् भने ७ सय संकृत श्वलोक रहेका छन् । यसमा अनुदृष्य छन्दको अधिकछ । यसको प्रथम अध्यायमा अर्जूनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोगको अध्याय भनेको छ।यसै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ। एकै खखाद,कर्मयोग,ज्ञानयोग,भक्तियोगको अध्यायक्रम अनुसार,सुन्दर ढंगले चर्चा भएको छ।यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिएको उपनिषद हो। यसमा अनित्य देह भन्दानित्य आत्माको निरुपण गरिएको छ । यसमा ग्रन्थ पनि भनिएको छ ।

हिन्दु धर्म,दर्शन सभ्यता या संस्कारको कुरा कोट्याउनासाथ भागवत गिताको प्रशंग आइहाल्छ।त्यति मात्र होइन,युद्धको होस् या शान्तिको विधावान होस् या खेति किसानीको उधम व्यवसाय होस्।या देशाटनको,ज्ञानको होस् या कर्मको, धर्मको होस् या अधर्मको, स्वर्गको होस् या नर्गको, राजनीति होस् या गृहनीति र कुटनीतिको जुनसुकै विषयमा चर्चा गर्दा भागवत गिताको श्लोक उदृत भइनै हाल्छन्।ज्ञापन विद्धानहरु गिताको व्याख्या विश्षेलषण गर्छन्।साहु महाजनहरु गिताका पुस्तकहरु दान गर्छन्।निमुखाहरु गिताका श्वलोक पढ्छन्,सुन्छन्।गिताको व्यवहार जसले जुन भावले गर्दछन्।उसले त्यसबाट आफ्नै अनुकुल फल पाउँछ।यस अर्थमा भागवत गिता योगीहरुको लागि योगशास्त्र,दार्शनिकहरुको लागि दर्शनशास्त्र,ज्योतिर्विदहरुको लागि जोतिषशास्त्र,बैज्ञानिकहरुको लागि विज्ञान,नैतिकलाई नीति र सादुलाई सदाचारको रुपमा रहेको छ । सबैका लागि सबै ज्ञानको सार गिता भएकाले यो समग्र ज्ञानको ब्रह्मारुपेणी हो।

भागवत गितामा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ।परात्मा स्वरुप बासुदेव तिमि श्रीकृष्णका शरण पर तिमीलाई सबै पापको बन्धनबाट मुक्त गरिदिन्छु।वासुदेव संसारका सबै प्राणी आत्मा हुन्।जुन परमात्मासँग नित्य, युद्ध र अविनाशी छ।त्यसैले सबै आत्मा पनि अविनाशी छ।

युद्ध र चेतना मात्र हो भनि बोध गरे सबै आफैमा छन्।आफू सबैमा छु भन्ने साक्षात्कार भएको अवस्थामा कसैका लागि कसैको शोक मोहमा फस्नु पर्दैन्।यसबाट मोक्ष प्राप्ती हुन्छ र यसका लागि शोक, लालसा,त्याग गरि भावनासँग मुक्त हुने भोग,योग,लालसा गरेमा अनित्य भोगबाट आशक्ति छुट्न गई भगवना भक्तिपूर्वक युक्त हुन्छ। भगवना अर्जुनको माध्यमबाट सबै साधकलाई दिनु भएको सन्देश पनि य िहो।जहाँ मात्रास्पर्श (प्राकृतिक अनित्य वस्तुमा ) आशक्ति छुटेर परमानन्दको प्राप्ति हुन्छ।
भागवत गिताको शैक्षिक दृष्टिकोण
भागवत गिताले जोड दिएको कर्मयोग, भक्तियोग तथा ज्ञानयोग विभिन्न अवस्थाहरुलाई शिक्षासँग सम्बन्धीत गराउनु नै यसैको शैक्षिक दृष्टिकोण हो।महर्षी पतञ्जलीका विचारमा योगास्थित्तवृति निरोध अर्थात चित्तवृत्ति निरोधको अवस्थाको नाम योग हो।यस निरोध अवस्था प्राप्तिका लागि निम्न तीन प्रकारका साधनका अवस्था पूरा गर्नुपर्दछ।
१) सदगुरुको उपदेशमा विश्वास गरि श्रद्धाभक्तिपूर्वक क्रियाकर्म गर्नुपर्दछ।

२) क्रमबद्ध रुपमा अगाडि बढि भक्ति गर्नुपर्दछ । यसको परिपाकबाट ज्ञानको उदय हुन्छ।
३) साधनको माध्यमबाट ब्रह्मापद लाभ गरिन्छ भन्,त्यो नै सुप्राप्त धर्म हो।

जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरि परब्रह्मालिन हुन्छ।उसका लागि धर्माधर्म,शुभाशुभ केहि नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ । मानिसले सुखको असिम चाहना राशख्दछ।तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन्।तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ।त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा देखाउँदछ। त्यसैले यी सबैबाट सुख पाउने अभिलासा छ । तर जो यी सबै जगतका पदार्थजन्य सृष्टि र नाराका कारण रुपमा छ त्यसमा नविन रुपमा आनान्दाभुती हुन्।त्यसलाई अनन्त र नित्य हुँदा उपदेयिता मुलुक मानिन्छ। त्यसैले योगीहरु आफ्नो शरिर भित्र नै त्यस अद्धितीय सर्वशक्ति कारणमा मन संयोग गर्ने अभ्यास गर्दछन्।त्यस सर्वशक्ति स्वरुप अद्धितीय तत्व नै परमात्मा हो।

शिक्षा चेतनाकाे माध्यम हाे।यसबाट व्यक्तिमा

व्यक्तिमा असल र खराब कार्यको वास्तविक पहिचान हुन्छ।भागवत बनाइएका कर्मयोग,भक्तियोग र ज्ञानयोगका सारगत कुराहरुलाई शिक्षा,यसको माध्यम पाठ्यक्रम सिकाई प्रक्रिया र प्रापत उपलब्धीमा एकाकार गर्न सक्नु भागवत गिताको शैक्षिक दृष्टिकोण हो। ज्ञान इश्वर प्राप्तीको सर्वाेकृष्ट माध्यम भएकाले एगा्रग चित्तले यसमा लिनु हुन साधनारत साधकको निरन्तर कर्तव्य हुने देन्छि।परमात्मा सर्वव्यावी भएर पनि मष्तिष्ककोभित्र चैतन्य स्वरुपमा विकसित भएको छ ।र प्रणव (ॐ) नै त्यसको बाचक हो। योगीले ध्यान गर्दा क्रियायोगी क्रियायोगी विधि अनुसार मेरुदण्ड भित्र खास क्रिया गरि प्राणलाई मुलधार चक्रदेखि विस्तारै कुटस्थ सम्म लगेर त्यहाँबाट विस्तारै मुलधारमै फर्काएर ल्याउँछन् । यसरी अनुलाभ विलोभ गर्दै आफूले जति क्रिया गर्ने अनुमती पाएको छ । यति क्रिया गरिसकेपछि र उच्च क्रिया गर्ने विधि प्राप्त गरिसकेकाले पनि तोकिएको उच्च क्रिया गरि मेरुदण्ड भित्र भित्रै खास क्रिया गर्न सक्छ । यसबाट व्यक्तिलाई योगा मार्फत साक्षात्त इश्वर बाटोमा हिँडाउन सकिन्छ ।व्यक्तिलाई दिइने शिक्षामा यी कुराहरु कुनै न कुनै किसिमबाट समाहित गर्नु भागवत गिताको शैक्षिक उपादेयिता पनि हो। त्यसैले शिक्षा तथा शैक्षिक प्रक्रियामा कर्मभक्ति, ज्ञानका मुख्ययोगहरु जोडिएको हुनुपर्दछ।

भागवत गिताको शैक्षिक उपयोग
भागवत गिताको शैक्षिक उपयोगलाई निम्नानुसार देखाउन सकिन्छ । ु
क) विद्यार्थीहरुलाई असल आचरणको विकास गर्न,
(ख) आफ्नो मनलाई नियन्त्रणमा राखेर काम गर्ने तर फलको आस नगर्ने ।
(ग) सदाचारको पालना गर्ने
(घ) मान्यजनको सेवा तथा सत्कार गर्ने
च) जस्तोसुकै कठिन परिस्थितीमा पनि संयमित भई काम गर्ने
छ) आफूलार्य सहयोग गर्ने मित्रलाई कहिल्यै पनि विश्वासघात नगर्ने
ज)आफ्नो कर्ममा विश्वास गर्ने
झ) ज्ञानयोगको माध्यमबाट समाजलाई अब्बल रुपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने ।
ञ) सांसारिक मोहबाट टाढा रहने र कुनै पनि कुरा पाउन नसकेमा पश्चाताप नगर्ने आदी जस्ता कुराहरु भागवत गिताको शैक्षिक उपोग भित्र पर्दछन् ।

निश्कर्षमा भन्नुपर्दा हामी मानव व्यक्तिवादी मात्र नभई समग्रतावादी,भौतिकवादी, नभई आध्यामिकवादी अवास्थविकवादी नभई यथार्तवादी,पदार्थवादी नभई चेतनावादी नभई चेतनावादी,अनिइश्वरवादी हुनुको कुनै पनि विकल्प देखिदैन।जीवन सग्रमतामा रहन्छ।हामीमा मावतावादी सोच,निरन्तर विचार तथा दृष्टिकोण, हुनु आवश्यक छ । हामीसँग भएको सनतान धर्मग्रन्थलाई समयसान्दर्भिक,आवश्यकताको आधारमा सुधार परिमार्जन, परिस्कृत गर्दै मानवीय जीवन अंगाल्नु छ।असल नागरिक तथा चरित्रवान भएर शान्त र समृद्धि बनाउनु छ । यसका लागि हामा्रे प्राचिन ग्रन्थ,वेद उपनिषद्,श्रीमतभागवत गिता,त्रिपिटक,रामायाण, महाभारत,कौटिल्यको दर्शन,जनक,पञ्चतन्त्र,मनुस्मृति लगायत सम्रग पूर्वीय ज्ञान तथा विज्ञानलाई आधुनिक समयमा विज्ञाज प्रविधिसँग जोडेर उच्च शिक्षाको पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ ।

प्रतिक्रिया