युक्रेनमा भएको रुसी आक्रमणबाट ३ सय ५२ जना सर्वसाधारण मारिएका छन् ।
रुसी आक्रमणपछि युक्रेनमा मारिएका ज्ञात व्यक्तिहरुको संख्या ३५२ नागरिक रहेको युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयका अनुसार मारिनेमा कम्तीमा १४ बालबालिका रहेका छन् ।
११६ बालबालिकासहित अन्य १ हजार ६ सय ८४ जना घाइते भएका छन् ।
प्रतिक्रिया