राष्ट्रपति जेलेन्स्कीको कार्यालयका अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुस सीमामा रुसीहरूसँग भेट्न सहमत

इनेप्लिज २०७८ फागुन १५ गते १४:५४ मा प्रकाशित

राष्ट्रपति जेलेन्स्कीको कार्यालयका अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुस सीमामा रुसीहरूसँग भेट्न सहमत भएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आइतबार युक्रेनी राष्ट्रपतिलाई दूरवार्ता (फोन) गरेको जनाएको छ।

“राजनीतिज्ञहरू सहमत भएका छन् कि युक्रेनी प्रतिनिधिमण्डलले रुसी प्रतिनिधिमण्डलसँग बिना शर्त युक्रेनी-बेलारूसी सीमामा, प्रिप्याट नदी नजिकै भेट्नेछ,” उनको कार्यालयले भन्यो।

“अलेक्जेन्डर लुकाशेन्कोले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, भेटघाट र फर्कने बेला बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिएका छन्।” भनि सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया