विराटनगर,११ फागुन।नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्कीम नेवा गठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन– कपिला सिरपा’द्वारा सम्मान गर्ने भएको छ।
झी पुचः( नेपाल भाषा तथा सांस्कृति सङ्घ )विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपाल भाषा,जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्कीमका सबै जिल्ला महत्वपूर्ण योगदान पुर्याएकोले यही फागुन १३ गते सम्मान गर्न लागिएको जानकारी दिइएको छ।
गुठीको योगदानका कारण सिक्कीममा इन्द्रजात्राका दिन सार्वजनिक विदा, नेपाल भाषालाई एच्छिक विषयका रुपमा अध्यापन गर्ने,न्हू दयाँ( नयाँ बर्ष),गाईजात्रा,बेल विवाह,ब्रतबन्ध लाखेनाच जस्ता सांस्कतिक लगायतका कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आइरहेको जानकारी दिइयो।
सिरपा ट्रष्टका दाता एवं संरक्षण सुर्दशन र कपिला श्रेष्ठले रु २० लाखको अक्षय कोष स्थापना गरि प्रदेश दुई बर्षमा नेपाल भाषा र सस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरि दिने व्यवस्था गरिएको झीपुचका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनु भयो।
पुरस्कारको राशि प्रत्येक दशमा बर्ष रु ५० थप गर्ने व्यवस्था गरिएको महासचिव सुरेशलाल श्रेष्ठले बताउनु भयो।
संस्थाका सन्देशदास श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले गुठीलाई उक्त पुरस्कार प्रदानबाट दुई राष्ट्रवीच सम्वन्ध सुदृढ हुनका साथ विराटनगरको पहिचान स्थापित हुने विचार राख्नु भयो।
यसअघि उक्त पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
झी पुचःको पहल एवं विराटनगर महानगरको सहमतीमा न्यूरो मार्गलाई ‘संखधर साख्वा’नामकारण गरिएको छ।
प्रतिक्रिया