वरिष्ठ लाेक गायक जयनन्द लामाको निधन

इनेप्लिज २०७८ फागुन ११ गते १०:३८ मा प्रकाशित

काठमाडौं।लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ।हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो लामाको टाउकोमा गहिरो चोट लागेको थियो।दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए।

लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।

उहाँले चलचित्र मनको बाँध,छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमो अभिनय गर्दै आउनुभएको थियो।

प्रतिक्रिया