मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ।नेताहरू पिच्छे फरक फरक परराष्ट्र नीति भएकोले मुलुकमा नेताहरू नै राष्ट्रघाती हुन।
जो बाइडेन र फातिमा सुमार लगायतलाई गाली गर्नु अनुचित छ।राष्ट्रघाती नेताहरू दोषी र जिम्मेवार।मुलुकमा जुनसुकै सरकार आए पनि मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ तर हाम्रो मुलुकमा परराष्ट्र नीति नेताहरू पिच्छे फरक फरक भएकोले मुलुकमा नेताहरू नै राष्ट्रघाती हुन।
मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन।नेपाली जनताहरुले मुलुकलाई भन्दा नेताहरूलाई महत्त्व दिए।नेपाली जनताहरुले प्रधानसेनापति रुक्मांगद कटवाल लगायत हरुले वास्तविक कुराहरू गरेको बुझ्दैनन र पचाउन सक्दैनन।नेपाली जनताहरु नेताहरूको लहलहैमा लाग्ने भएकोले नेताहरूले जे भन्यो त्यही गर्ने मान्ने खालको नेपाली जनतहरु भइ दिए।वर्तमान समयमा एमसीसीको कुरालाई लिएर नेताहरूले द्वैध चरीत्र र दोग्लापन देखाएर नेपाली जनताहरुलाई एक आपसमा लडाउँदा पनि नेपाली जनताहरु नेताहरूको कुराहरू पत्याई रहेका छन।नेताहरूले तँ रोए झैँ गर म कुटे झैँ गर्छु नाटक देखाउँदा पनि नेपाली जनताहरु नेताहरूको वकालत गर्छन।यसकारण मुलुकमा द्वन्दको जड नै नेपाली नागरिकहरु हुन।
एमसीसी जसरी पनि पास हुन्छ।उपस्थित संख्याको ५०% प्रतिशत भन्छन।काँग्रेस पार्टीको सांसदहरू उपस्थित भए पनि एमसीसी पास हुन्छ।
नेपाली जनताहरुले अमेरिकाको जो बाइडेन र एमसीसीको उपाध्यक्ष फातिमा सुमार लगायतलाई गाली गर्नु वाहियात र अनुचित छ।मुलुकमा दोषी,जिम्मेवार र राष्ट्रघाती नेताहरू हुन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा
प्रतिक्रिया