“हिन्दीमा उखान छ जैसी करनी वैसी भरनी” अब भोग्नुहोस परिणाम !

इनेप्लिज २०७८ फागुन ८ गते १२:४६ मा प्रकाशित

हिन्दीमा उखान छ जैसी करनी वैसी भरनी” अब परिणाम भोग्नुहोस” मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन

मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन।अब भोग्नुहोस परिणाम।नेपालीहरुले मुलुकलाई भन्दा नेताहरुलाई महत्त्व दिएको परिणाम हो। “हिन्दीमा उखान छ जैसी करनी वैसी भरनी” अब हामी नेपालीहरुको अस्तित्व,औकात,हैसियत फुटबल र भकुण्डो बराबर हो।हामी नेपालीहरुलाई अमेरिकाले गोल हान्छ कि चीनले गोल हान्छ ठेगान छैन !!!

अमेरिका,चीन,भारत,एमसीसी परियोजना,बीआरआई परियोजना,जो बाइडेन,सी जिनपिंग,नरेन्द्र मोदी र फातिमा सुमार लगायतको विरोध गरेको किन ? हामी नेपाली जनताहरु नै दोषी र जिम्मेवार छौं मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन।जनताहरुले मुलुक भन्दा नेताहरूलाई महत्त्व दिएको परिणाम ह ।

“हिन्दीमा उखान छ जैसी करनी वैसी भरनी” हाम्रो मुलुकमा कोही अमेरिका विरोधी र कोही चीन विरोधी भए यसकारण मुलुक नराम्रो सँग दुर्घटनामा फस्ने संकेत देखिन्छ।अब मुलुकको राजनीतिमा मुख्यत अमेरिका लबि र चीन लबि बीचको लडाइँ र झगडा देखियो।नेपालका नेताहरू सन्तुलनमा बस्न सकेनन।

अमेरिका लबि र चीन लबि दुई भागमा जनताहरु विभाजित भए अब हाम्रो मुलुकको राजनीति अवस्था यही हो।सज्जन व्यक्तिहरुले निर्वाचनमा उम्मेदवारी दिने हो भने खिल्ली,मजाक उडाइन्छ र तिरस्कार गरिन्छ।भ्रष्ट,फटाह,महाजाली र धोखेबाज नेताहरूलाई भोट दिइन्छ।अनि विरोध गरिन्छ अमेरिका,चीन,भारत, एमसीसी परियोजना,बीआरआई परियोजना,जो बाइडेन,सी जिनपिंग,नरेन्द्र मोदी र फातिमा सुमार लगायतको लाज लाग्दैन ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया