युक्रेनका राष्ट्रपतिले रुसमाथि लगाइएको प्रतिबन्धको सूची अहिले सार्वजनिक गर्न आह्वान गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सिएनएनलाई युक्रेनमा सम्भावित आक्रमण हुनुअघि रुसमाथिको प्रतिबन्ध सार्वजनिक गरिनुपर्ने बताए ।
जेलेन्स्कीले म्युनिख सुरक्षा सम्मेलनमा सीएनएनलाई भने कि उनी क्रेमलिनद्वारा आक्रमण गरेपछि मात्र प्रतिबन्धहरू सूचीबद्ध हुनुपर्छ भन्ने अडानसँग असहमत भएको बताए ।
उनको प्रश्न भनेको यसलाई सार्वजनिक गर्नु पर्ने कुरामा जोड रहेको बुझिएको छ ।
“बमबारी भइसकेपछि र हाम्रो देशमा गोलाबारी भएपछि वा हाम्रो कुनै सिमाना नभएपछि, वा हाम्रो अर्थतन्त्र नभएपछि हामीलाई तपाईहरुको प्रतिबन्धको आवश्यकता पर्दैन … तब हामीलाई ती प्रतिबन्धहरू किन चाहिन्छ?” उनले भने ।
जेलेन्स्कीले सिएनएनलाई भने कि नेटो साझेदारहरूले युक्रेन गठबन्धनमा संलग्न हुन सक्ने समयरेखा स्पष्ट गर्न आवश्यक छ।
“युक्रेनलाई सुरक्षा प्रत्याभुती चाहिन्छ,” उनले सिएनएनलाई भने।
प्रतिक्रिया