वृद्ध आमावुवाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो–मुख्यमन्त्री राई

इनेप्लिज २०७८ फागुन ७ गते १०:४९ मा प्रकाशित

विराटनगर,७ फागुन।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमावुवा वर्तमान अवस्थामा भगवानको रुप भएकोले छोराछोरीले उचित पालनपोषण, हेरचाह र सेवा गर्नु कर्तव्य भएको बताउनु भएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस –२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटेश्वर वुद्धाश्रम वहुृउद्देश्यीय भवन विराटनगर–८ र मानव सेवा आश्रममा विराटनगरमा आश्रय लिइरहेका जेष्ठ नागरिक,वृद्ध,असाहयलाई फलफूल वितरण गर्दै भगवानको एक रुपमा रहेका जेष्ठ नागरिक आमावुवा तथा असायको सेवा गर्नु मानवजीवनको सवोत्तम कार्य भएको धारणा राख्नु भयो।

मुख्यमन्त्री राईले जेष्ठ नागरिकको आज दर्शन एवं सेवा गर्न पाउँदा आफूलाई ठूलो खुशी लागेको चर्चा गर्दै जेष्ठ नागरिकहरुवाट देशको समृद्धि र जनताको उन्नति र प्रगतिको लागि आर्शिवाद दिन आग्रह गर्नु भयो।

उहाँले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने जेष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै सामाजिक कार्यमा नागरिकका तर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैँसे गर्न तयार रहेको छ भन्नु भयो।

मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थित रुपमा सञ्चालन गरी दिनदुःखी सेवा गरेकोमा संञ्चालक प्रति कृतज्ञयता व्यक्त गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा राख्नु भयो।

यसैगरी मुख्यमन्त्री राईले मानवसेवा आश्रम विराटनगर–१० मा रहेका असाहय नागरिकलाई फुलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भैरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

उहाँले सरकारले गर्नु पर्ने काममा आश्रमले असायहरुलाई सेवा गरिरहकोमा धन्यवाद दिनु भयो।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले फलफूल वितरण गर्दै जेष्ठ नागरिक र असाहयको सेवा गर्नु हामी सवै नागरिकको कर्तव्य भएको बताउनु भयो।

दिवसको उपलक्ष्यमा प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय,कर्मचारी मिलन केन्द्र,विभिन्न कर्मचारी सङ्घ÷संगठनले फलफूल वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

वृद्धआश्रममा ६१ जना जेष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन बटा भवन १५० जना असाहयहरुले आश्रय लिइरहेका छन्।

 

प्रतिक्रिया