बालबालिकाको लागी दशै जति महत्व हुन्थ्यो एनआरएनको महाधिवेशनले उस्तै प्रकारको उत्साह र रोमांचकताको साथ व्यग्रता दर्शाउथ्यो प्रत्येक २ बर्षको अक्टुबर पर्खदा हरेक गैर आवासीय नेपालीहरुलाई। ती दिन सम्झंदा कहाली लाग्छ,उपेन्द्र दाई,रामदाई,जीबाजी,जुगलजीहरुले औपचारीक कार्यक्रम पछि बिहानको मिर्मेरे सम्म गरिने रामरमाईलोले जे जती सांधिन्यता बनाउंथ्यो त्यसको अमिट छाप मेट्न अर्को २ बर्ष दिन गन्दै कुरिन्थ्यो।साथीभाईहरु बीचको भातृत्व, घनिष्ठता र सौहार्दता देख्दा सबैलाई महशुस हुन्थ्यो यो मेरो दोश्रो घर हो।भलै केही अग्रजहरुको भेट बीचमा हुन्थ्यो होला तर आमरुपमा २ बर्ष सम्म छुट्टिनु पर्दा चरम पीडा मान्दै छुट्टिन्थ्यौ।यो संजालले यसरी बाधेको थियो यो समुदायलाई ।ऊ बेलाको त्यो एनआरएनमा कसको ‘नजर’ लाग्यो – के पस्यो खोई आज ती दिनहरु सम्झिदा निदारमा मुजा पर्छ र सोच्न जो कोहि बाध्य हुन्छ सांच्चै त्यही संगठनमा छौ र ?
एनआरएन भित्र विकशित पछिल्लो घटनाक्रमलाई सिंहालोकन गर्दा सामाजिक संजालमा केही वर्ष पहिले कतै पढेको एक लोकउक्तिको याद आयो “तराईबाट एउटा युवा गणित विषयको शिक्षक बनेर कुनै पहाडी जिल्लामा गएछन।जागीरे भएकोमा घरमा सबैजना खुश नै थिए।अझ गणित विषयमा ट्यूशन क्लास पनि चल्ने हुंदा कमाइ राम्रै हुनेनै भयो।स्कूलको स्टाफको बिहेमा जन्ती जांदा एकदिन उ चिप्लिएर लड्न पुग्यो।सामान्य चोटपटक मात्र हुंदो हो।तर उ लडेर घाइते भएको उडन्ते वा अस्पुष्ट खबर घर सम्म पुगिसकेछ।परिवारमा तत्कालै रूवाबासी सुरू भयो। वल्लो पल्लो घरका हितैषी समेत शोकमा सामेल भए।बुजुर्गहरूले आफ्नै मातृ भाषामा निष्कर्ष निकाले-बांस ज्यादा से ज्यादा २५/३० फीट लम्बा होता है।फिर भी कोई अगर बांस से गिरे तो बचना मुस्किल होता है।लेकिन् हमारा बिटुवा पहाड से गिरा है ! पहाड से !! पहाड वैसे भी १५/२० हजार फीट उचा तो होगा ही ।उसका बचना हरगिज नामुमकिन है।तुं अब नही रहा।बिटुवा,हमें छोडकर इतनी जल्दी क्यों चलबसा !? ये गम बर्दास्त के बाहर है,हमें भी ले चलो !! यसैबाट अनुमान लगाउन सकिन्छ निर्दोषपन र सरलता तराईका केही बस्तीहरूमा !
कतिपय कुरामा ठीक यही दर्जाको भोलापन छ हामी एनआरएन समुदायमा पनि।हाल यो पबित्र संस्था भित्रका ९५ प्रतिशत मतदातालाई यो पदकै लागी रचिएको झिनाझप्टी हो – बेखबर बस्दा हुन्छ भनेरै उति चासो नै राखदैनन।केही नगण्य प्रतिशतमा रहेको ‘अगुवा’हरु ति तमामलाई मुलधन मान्दै जुवाकोखालमा छन – “जिते हस्तिनापुरको रजाई –हारे चपरी मुनीको बास”को शैलीमा।यसैमा पनि चुनाव देखी चुनाव सम्मको चक्कर शुरु भएको धेरै भएको छैन।सदस्य बनाउने भन्दा भोटर्स बनाउने र हार्डड्राईभ शैली वा एक ईमेल सयौ भोट फरम्याटमा हामी विकृत हुन थाल्यौ।प्रविधीको नाङ्गो दुरुपयोगमा उध्धत हुदै गयौ।
आफै सदस्यको बिटा बनाउंदै हिड्ने, आफै कम्प्युटरमा बसी सदस्यहरुको डाटा ईन्ट्री गर्ने, आफै प्रमाणिकरण (एप्रुभ) गर्ने अनी आफैले भनेको र मान्ने निर्वाचन आयुक्त नराखे निर्वाचनमा नजाने शैली धेरै राष्ट्रीय समन्वय समितिहरुमा देखा पर्यो । विकृत यतिसम्म बढेको छ निर्वाचन आयुक्तहरुको अपरहण र आफै घोषणा सभाको आयोजना समेत हुन थाले । केन्द्रमा त लिगलिगे शैलि ‘जो अक्टोबरमा नेपाल पुग्छ उ डेलिगेट’ तरिका छंदै थियो । यिनै मुल २ कारण मै अहिले हामी रुमल्लिरहेका हौ।
मुलतः राष्ट्रीय समन्वय परिषद (एनसीसी) हरुको निर्वाचनको जिम्मा एनसीसीहरुलाई नै हुन्छ तर केन्द्रीय विधान र निर्देशिकाले नियमन गर्ने हुंदा आफ्नै (अन्तराष्ट्रीय समन्वयन परिषदको) प्रतिनिधी चयन प्रकृया परिवर्तन अपरिहार्य भै सकेको थियो।निर्वाचित अध्यक्ष कुमार पन्तले सबै भन्दा प्रमुखतामा साथ उठान गरेका विषय भनेको नै आफ्नो कार्यकालमा यि तमाम विसंगतीहरुलाई न्यूनिकरण गर्दै अनलाईन भोटिङ कार्यन्वयनमा ल्याउने प्रमुख प्रतिबद्धता थियो।
जसरी आफू एनआरएन हो हैन भन्ने आत्मचेत नभएका र आयातित डेलिगेट्सले हायत् काण्डको रुपमा हामी बदनामी भयौ – नेतृत्वले यसको संवेदनशिलतालाई मनन गरेरै पहिलो बैठकबाटै एक उपाध्यक्षको नेतृत्वमा सचिव,कोषाध्यक्ष लगायत हामी केही साथीहरु रहेको छानबिन र सुझाव समिति समेत निर्माण गर्यो।यसैको आधारमा यस्ता विकृतहरुलाई नियमन गर्ने भनेको नीतिनियमले नै हो भन्ने ठम्याईका साथ विगत लामो समय देखी थाती रहेको विधान संसोधनलाई यिनै विषयहरुलाई समेत सम्बोधन हुने गरि अघी बढायो।
महमारीको बीच विशेष अधिवेशन भर्चुयाल्ली गर्न नपाईने, गरे पनि आर्थिक पक्षमा मात्र छलफल गर्न पाईने लगायतका कुराहरु लिई तत्कालिन अवस्थामा पनि परराष्ट्र गएकै हुन साथीहरु तर परराष्ट्रले यो तपाईहरुको आफ्नो संगठन हो निर्णय गर्ने अन्तिम अधिकारवाला पनि तपाईहरुनै हो भनी पठाएपछि विषेश अधिबेशनको आयोजना भयो।अझै लज्जास्पद र अचम्मको कुरा त उनै पात्रहरु जो अनलाईन गर्न नपाईने,आर्थिक पक्ष भन्दा अर्को विषयमा छलफल गर्ने नपाईने भन्ने केही साथीहरुनै दशौं महिना लगाएर विधान समितिले तयार गरेको विधानलाई आफ्नो एक जना प्रतिनिधी र विधान समितिको संयोजकले जे जे ल्याउंछ त्यसलाई मात्र मान्ने लिखित सम्झौतामा विषेश अधिवेशनले अहिलेको मौजुदा बिधान सर्बसम्मतिले पारित गरेको हो।
विगत दुई ढाई वर्ष देखी एक नियोजित र शृंखलाबद्ध अफबाह फैलाईएको छ। यसको ताजा असर कसलाई के कति पुग्छ त्यो त छिट्टै देखिने छ। तर अनन्त कालमा भने सबैलाई घाटैघाटा मात्र छ।केही समय आफ्नो दोकानहरु चलाउन कसैलाई सहयोग नै पुगेको होला तर यस्तो नाङ्ग्ले पसल मौसमी नै हुन्छ। ग्राहकले केही क्षण राम्रै आनन्द लेलान र स्तुती राम्रै गाईदिएको छ।आलोचना त कसलाई पो मन पर्छ र गुणगाण नै हो रुचाउने।
संस्थाको आकार र महत्व बढे पछी यसमा राम्रा मात्रैको होइन केही स्वार्थी र लोभीहरु पनि लाभको लागी आकर्षित हुन्छननै।केही समय देखि झ्याङ्गिदै गएको कतिपय मुद्दाहरुमा समूहहरु बन्ने नै भए । यसको पछिल्लो ईपिसोड २०१९ अक्टोबरमा हायथ होटलमा मंचन भयो। त्यहीबाट यो विषको दिन प्रतिदिन झ्याङ्गिदै गएको देखिन्छ।लोकत्रान्तिक निर्वाचनमा हार-जित हुन्छ नै।यसलाई सहजरुपमा ग्रहण गरिएन भने विकृतिका अनेकन रुपरंगहरु देखिदा रहेछन।हाम्रो जस्तो सामाजिक र सबै पक्ष, धर्म, जात, लिंग र विचारमा समेत आस्थावान साथीहरुलाई एकैसुत्रमा बांधेर हिडाउनु सांच्चिकै चुनौती त छदैथियो २०१९ मा उपविजेता केही मित्रहरुले निर्वाचन परिणामलाई सहज ग्रहण गरेनन, यो समितिलाई सहयोग समेत गरेनन पुरै २ वर्ष समानान्तर संरचनाको अभ्यास गरे । केही अग्रज भनिनेहरु भित्र रहको कुण्ठा र आक्रोशलाई पुरै मलजल गरे।
आफैले सर्वसम्मतबाट पारित विधानको धज्जी उडाउंदै नयां निर्वाचित एनसीसीहरुले पुरै सतप्रतिशत प्रतिनिधी पठाउन पाउनु पर्ने, एनसीसीहरुको गैरवैधानिक भेलागरी संरक्षक परिषदलाई सम्पूर्ण अधिकार लिईदिन अनुनय गर्ने, अन्तराष्ट्रीय परिषदले गरेका सबै कामकार्यवाहीलाई अवैध र खोट देखाउनमात्र उद्धत रहेर नै यसमा केही संरक्षकहरुनै परोक्ष सहभागी भए।विधानमा किटानीको साथ लेखिएको ६५ र २५ प्रतिशत प्रतिनिधि पुरानो कार्यसमिति र सो कार्यसमितिले निर्माण गरेको निर्वाचन समितिले विधानत सबै प्रकृया पुर्याएर मात्र पठाउने छ भने १० प्रतिशत नया निर्वाचित समितिले तोकिएको मापदण्ड भित्र रही पठाउनु पर्ने छ।यसलाई अपव्याख्या गर्दै परराष्ट्रलाई समेत शक्तिकेन्द्रको दबावमा परिपत्र गर्न लगाईएता पनि सम्मानित अदालतले सच्चयाई सकेको छ । भलै संगठन भित्रको विधानको व्याख्या गर्ने निकाय विधानत विधान व्याख्या समितिले स्पष्ट पारिसकेकै विषय हो । विधान र संगठनको अक्षुणतालाई चुनावी हार र जितसंग मात्र दाज्नु किमार्थ सस्थाको हितमा कदापी हुंदैन।यो ८ महिनाको गोलचक्कर पुन लुडो खेल्दा शुन्यमा आएझै अन्ततः अध्यक्ष कुमार पन्तले बैठकको म्याण्डेट अनुसार गत आईतबार निर्र्वाचन समितलाई बुझाई यो पुरै घटनाक्रम प्रायोजित र सत्ता र शक्तिको आडम्बरमा भई -गरेको पट्टाक्षेप गराईदिएका छन।
अन्तमा;
यसै बीचमा अध्यक्ष कुमार पन्तले आफ्ना धेरै सहयोगीहरु गुमाए, कयौले लल्कारे पनि, थुप्रैले आफ्नै सहयोगीहरुसंग पानि बाराबारको अवस्था पनि भोगे र खप्की अनि गाली पनि खाए।लामो माथामाची,हुने नहुने,पक्ष विपक्ष हुंदाहुदै पनि उनले आफ्नो कार्यकालमा आफुले जे ती सहेरै भए पनि सम्पूर्ण विष कण्ठमै राखेरै भए पनि जे जसरी यो २ वर्ष आफैसंग पराजितलाई फकाउंदै हिडे, जसरी आफैलाई असहयोग गर्नेलाई शिरमा राखेरै हिडे – मात्र संस्थामा विभाजन नआवोस भनेर नै हो।
८१औ केन्द्रीय बैठक (अहिले सम्मको अन्तिम) को पूर्व संध्यामा चातुर्यता पूर्वक सबैलाई समेटेर विष्फोटको संघारमा रहेको संस्थालाई एकजुट बनाउन सक्ने कला प्रदर्शित गरेर ४ बुंदे शर्त सहित एक उच्चस्तरिय समितको निर्माण भयो।उनले सोचेका थिए,जे शर्तहरु लेखिएको थियो त्यस समितिमा रहेका र त्यस समितलाई ‘ब्रम्हा-बिष्णु-महेश्चर’ सबै मान्ने र यसैलेमात्र बैकुण्ठ तारिदिए तरिन्छ नत्र नर्ककै बास ठान्नेहरुले यो समितले नै निर्वाचन गराउने, सबै प्रतिनिधिहरु छान्ने र महाधिवेशन पनि गराउने भन्दै आफैले गरेको हस्ताक्षर र सहमतिको ठाडो उलघन हस्ताक्षरको लगत्तै शुरु गरे।जसको परिणाम,तोकिएको कार्यक्षेत्रमा छलफल नै नगर्ने, बैठकनै नगर्ने,आफैले बनाएको कानूनी र प्राविधिक उपसमितिको रिपोर्ट आफु अनुकुल नआए पछि आफै बाहिर पठाउने र मेरो कम्मरको खुकुरी कुन चोरले चोर्यो शैलीमा रिपोर्ट बाहिरिएकोले मान्न नसक्ने जस्ता गैरजिम्मेवारी र लाचारी राम्रै प्रकट भयो ।८१औ आईसीसीको बैठकले केही सामान्य समस्या छ भने जापानमा निवर्तमान केन्द्रीय अध्यक्ष भवन भट्टलाई जिम्मा दिईने निर्णय हुंदा हुदै पनि अर्को संरक्षकलाई कुषित मनसायले थपियो।निर्वाचित समितिलाई भंग गरी पुनः निर्वाचन रे ? डेलिगेट्स पुन पठाउने रे ? यस्ता समिति,उच्चस्तरीय भनौ वा टाक्सफोर्सले त प्रतिवेदन आफुलाई नियुक्त गरेको समिति वा निकायलाई बुझाउनु पर्ने सामान्य र विश्वव्यापी मान्यतालाई समेत नबुझी जापान एनसीसी भंग गरी एक तदर्थ समिति बनाएको हांस्यास्पद र जग हंसाउने भद्दा मजाक मंचन भएको छ।भर्खरै अध्यक्ष पन्तले चुनौती र चेतावनीको साथ यसको खण्डन र भत्सना गर्दै भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचित समितिलाई कामकार्यबाही अघी बढाउन समेत निर्देशन गरेका छन।
अब अति भयो महाशय ! यो भ्रमको खेती रोक्नुहोस।लाज भयो हामीलाई एनआरएन भन्न र बन्न ।यस्तै अल्लारे र उतशृंखल गतिविधीले हामीले सम्पूर्ण नैतिक धरातल गुमाई सक्यौ।जे जति योगदान दिए मुल्यांकन इतिहासले गर्छ ।आफ्नो कार्यकालमा जे जति देश,यो संगठन र आफ्नै लागी जसले जती योगदान दिए आउने पुस्ताले धन्यवाद दिन्छ नै,तर अब आंखा नचम्काई बक्सियोस महाराज ! हात नलम्काई बक्सियोसभन्ने धारे हात धेरै ले लागिसके।ढुंगाको मुर्ति मन्दिर पुजिएको राम्रो,यो संस्था लाई अध्यक्ष बनेर भूतपूर्व बनेका अग्रजहरु पनि विधानत संजाल मा जोड्नु पर्यो होइन भने निर्वाचन मा होमिएर विजयोत्सव मनाउनु पर्यो होइन भने नेपथ्य मा बसेर चेस को गोटी चाल्न बन्द गर्नु पर्यो।यो संगठनलाई राम्रो बनाउंछु,केहि नयांपन ल्याउंछु,सबैको साझा बनाउन नेतृत्व गर्छु भन्ने हजारौ गैर आवासीय नेपालीहरुलाई तपाईहरुको मनोगत कुण्ठा र हस्तक्षेपले बर्बाद नपार्नुस। इनफ इज इनफ! जयएनआरएन।
रामशरण सिमखडा :
( लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य हुन् साथै आगामी दशौ महाधिवेशनको सचिव पदको उम्मेदवार समेत हून ।)
प्रतिक्रिया