साँसद रावलको पहलमा रणनैतिक सडक बन्ने

वीरेन्द्र रावल २०७८ फागुन २ गते १२:२७ मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी,फागुन १÷ स्थानीय तहलाई जोड्ने निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रम अन्तरगत चिसापानी—कुईने सडक खण्ड निर्माणका लागि टेण्डर आव्हान भएको छ।

कर्णाली चिसापानी—कुईने हुँदै खिमडी सम्म जोड्ने क्षेत्र रणनैतिक सडक कार्यक्रम अन्तरगत सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयले टेण्डर आव्हान गरेको हो।

हाललाई चिसापानी हुँदै कुईने सम्मको जम्मा १० किलोमिटर बाटोका लागि २५ करोड रुपैयाँ विनियोजन भए अनुसार सो सडक खण्ड निर्माणका लागि टेण्डर आव्हान गरिएको कुरा कैलाली क्षेत्र नम्बर २ का साँसद झपट बहादुर रावलले जानकारी दिनु भएको छ।

सो सडक खण्डको अन्तिम गन्तव्य मोहन्याल गाउँपालिकाको मुकाम खिमडी सम्म भएतापनि हाल डिपिआर भैसकेको १० किलोमिटर सम्म अर्थात कुईने सम्म बाटो निर्माण हुने र क्रमिक रुपले सो सडक खिमडी सम्म पुगाईने कुरा माननीय झपट रावलले जानकारी दिनु भएको छ।

सो सडक खण्डमा पर्ने बाँकी तीन वटा पुलको टेण्डर प्रकृयापनि छिटट्ै हुने कुरा साँसद रावलले बताउनु भएको छ।

कैलाली जिल्लाको कर्णाली चिसापानी हुँदै अछाम मंगलसेन सम्म जोड्ने छोटो मार्गको रुपमा रहेको सो सडक खण्ड २०४८ सालदेखिनै गोरेटो,घोडेटो,कृषि सडक हुँदै मोटरबाटोमा परिणत हुँदा पनि हाल सम्म एक किलोमटिरपनि पक्की हुन सकेको छैन । प्रयाप्त मात्रामा बाटो निर्माणका लागि बजेटको व्यवस्था नहुुुनु र विनियोजन गरेको बजेटेको पनि सहि सदुपयोग र अनुगमन कार्य नहुँदा हालसम्म सो सडक खण्डमा करोडौं रकम बर्षातको भेलसंगै बगेर जाने गरेको छ ।

चिसापानी देखि सोल्टा सडक खण्डमा ठाउँ ठाउँमा खोला,भीर परेका कारण पनि हरेक बर्ष बर्षातको समयमा मानिसहरुले पहिरोको जोखिम मोल्नु पर्ने बाध्यता एकातीर रहेको छभने अर्कोतीर हिउँदको ७ महिना जति मात्र सडक सञ्चालनमा आउने गरेका कारण पनि भित्रि बण्डालका जनता यातायात सेवाबाट बन्चित हुँदै आईरहेका छन्।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अधिकाँश बस्तीका जनताले हालसम्म पनि मोटरबाटोको सुविधा पाउन नसकेको तितो यर्थात केहि बर्षमा अपवादमा परिणत हुने आशामा त्यस क्षेत्रका जनता रहेका छन्।सडक निर्माणको कार्य तत्काल शुरु हुन सकेको खण्डमा मोहन्याल क्षेत्र मात्र नभएर हुम्ला,जुम्ला,कालिकोट,दैलेख,अछाम र पश्चिम सुर्खेतका जनताले यातायात सुविधा पाउन सक्ने कुरा कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापाले बताउनु भएको छ।

सडक निर्माणका लागि कैलाली क्षेत्र नम्बर २ का माननीय झपट रावलको महत्वपूर्ण भूमिका रहेको पनि कैलाली जिल्ला समन्वय समितिका प्रमूख थापाले बताउनु भयो।

चिसापानी—कुईने सडक खण्डको निर्माण कार्य थालनी हुने भएपछि कैलाली क्षेत्र नम्बर २ का जनतामा खुशीयाली छाएको छ।

बाबु बाजेले पिठ्यूँमा भारी बोकेर हिंड्नु पर्ने बाध्यतालाई सडक निर्माणका लागि टेण्ड आव्हानले अन्त्य गर्लाकी भन्नेमा त्यस क्षेत्रका जनता आशावादी रहेका छन्। बर्षौंदेखि पैदल यात्रामा कष्टकर यात्रा गर्न बाध्य त्यस क्षेत्रका जनताको ढिलै भएपनि माग पुरा हुनेमा आम बुद्धिजीविहरु आशाबादी रहेका छन्।

यसैगरी माननीय साासद झपट रावलकै पहलमा हालै सेती लोक मार्ग अन्तर्गत पर्ने कैलालीको काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माणका लागि टेण्डर आव्हान भैसकेको छ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आइतबार टेन्डर आह्वान गरिसकेको छ।

एक महिना समय अवधि राखेर टेन्डर आह्वान गरेको र त्यस लगत्तै निर्माण व्यवसायी छनौट गरी पुल निर्माणको काम अघि बढाउने मन्त्रालयले जनाएको छ । सेती लोक मार्ग सुदूरपश्चिमको गौरवको आयोजना भए पनि लामो समय देखी निर्माणको गति लिन नसकेकोमा पछिल्लो समय भने आयोजना महत्त्वको साथ अघि बढ्न थालेको छ।आफू निर्वाचित भए यता सेती लोक मार्ग निर्माणका लागी निरन्तर लागी परेको कैलाली निर्वाचन क्षेत्र नम्बर २ का साँसद सांसद झपटबहादुर रावलले बतउनु भयो उहाँले भन्नु भयो “विगतमा जनता माझ सेती लोक मार्गको चर्चा गर्ने र राजधानी पुग्दा बिर्सने परिपाटी रहेछ।यसको तीव्र निर्माणको लागी कसैले पनि मजबुत पहल गरेको पाइएन।विगतको लापरबाही र बेवास्तालाई देखेर नै म यसका लागी कम्मर कसेर लागे र अहिले सरकारले पनि केही महत््वका साथ हेरेको छ ।” लोक मार्गमा हाल दुई वटा पुलको टेन्डर खोलिएको र कुइरा नदी सहित केही खोलामा पुल निर्माणका लागी दुई महिना भित्र पुनः नयाँ टेन्डर हुने सांसद रावलको बताउनु भयो।विगतमा बौनियाँलाई जिरो प्वाइन्ट मानिएको लोक मार्ग सांसद रावलकै पहलमा टीकापुरलाई जिरो प्वाइन्ट मानेर पुनःसर्भे गरिएको थियो।कैलाली जिल्लाको क्षेत्र नम्बर २ अन्तरगत पर्ने चिसापानी कुईने हुँदै खिमडी र बौनियाँ हुँदै कोल्तडी सम्मको सडक सञ्जाल निर्माण सम्पन्न भएपछि पहाडी क्षेत्रका जनताका लागि यात्रा सहज हुने भएको छ।टेण्डर आव्हान भएका पुल र सडक निर्माण कार्यको तत्काल थालनी हुनु पर्नेमा त्यस क्षेत्रका जनताले जोडदार माग गरेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया