क्यानडामा कोभिड–१९ बाट खोप नलगाएका भारबाहक चालकको मृत्यु पछि उनकी आमाले हड्ताल गर्ने चालकहरुलाई सन्देश दिएकी छिन ।
मार्ग माकिन्सको परिवार पुस्तौ देखि भारबाहक (ट्रक )व्यवसायमा लागि रहेका छन् । उनले क्यानडाभर खोपको आदेश (भ्याक्सिन म्यान्डेट)को विरोध गर्ने भार बाहक गाडीहरुको भीडलाई हेर्दै, उनले कोभिड-१९ बाट मरेको आफ्नो छोराको बारेमा बताउन चाहन्छिन भनि सिएनएनले समाचार लेखेको छ ।
७० बर्षिय डेभिड मिचेल अक्टोबर १५ मा मर्नु अघि एक अनुभवी भारबाहक चालक थिए, माकिन्सले भनिन । छोरालाई खोप नदिएको उनले बताइन ।
ओन्टारियोको सानो सहरमा बस्ने माकिन्सले मंगलबार सिएनएनलाई भनिन , “यो रोगबाट कसैको मृत्यु भएको हेर्नु डरलाग्दो कुरा हो।” “मलाई आशा छ (यी भारबाहक गाडी )लाई म के भन्न चाहन्छु भने कोभिड कत्तिको नराम्रो हुन सक्छ र उनीहरूको परिवार वा आफूलाई पनि बचाउन सक्छ।
मिचेललाई पहिलो पटक अस्पताल लैजानु अघि केही दिन ओछ्यानमा थला परेका थिए, माकिन्सले भनिन । उनलाई केही परीक्षणपछि रिहा गरिएको थियो ।
“उनी मलाई धेरै बिरामी देखिन्थे,” माकिन्सले अगाडी भनिन । “उनी धेरै पीडामा ओछ्यानमा थिए र आफ्नो भ्रमणध्वनि (सेल फोन)सम्म पुग्न सकेनन्।”
एक साता बितिसक्दा पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन । सेप्टेम्बर १८ मा उसलाई सास फेर्न गाह्रो भइरहेको थियो । र दुखाइमा विलाप गरि रहेका थिए उनलाई पुनः अस्पतालमा भर्ना गरियो र तुरुन्तै वायुप्रवाहक (भेन्टिलेटर)मा राखियो, उनले भनिन्।
मिचेललाई पक्षघात हुँदा हिड्ने टेक्ने दिइयो, जुन वायु प्रवाहक (भेन्टिलेटर)मा हुँदा बिरामीहरूलाई हिड्नबाट रोक्न प्रयोग गरिन्छ। उसले आफ्नो आँखा वा हात पनि हल्लाउन सकेनन उनले भनिन ।
“मैले अस्पतालमा उनका बच्चाहरूसँग धेरै दिन र रात बिताएँ,” माकिन्सले भाबुक हुदै भनिन । “म पनि रातभर बसें र कहिल्यै पनि छोराले कुनै प्रतिक्रिया दिन सक्षम भएन।” उनले सिएनएनलाई बताइन । आमाका अनुसार उनि खोप बिरोधी थिए ।
क्यानाडा प्रवेश गर्ने चालकहरूलाई पूर्ण खोप लगाउन वा परीक्षण र एकान्तवास (क्वारेन्टाइन) आवश्यकताहरूको सामना गर्न आवश्यक पर्ने जनादेशको बिरूद्ध हजारौं क्यानाडाली भारबाहक सवारी साधन (ट्रक)हरू दोस्रो हप्ताको विरोधमा छन्।
समूहले अन्य प्रतिबन्धहरूको विरोध गर्नुको साथै मुखावरण लगाउने र कोभिड-१९ को बन्दाबन्दिको समेत बिरोध गरि रहेका छन् । विरोध प्रदर्शनले गर्दा क्यानडाको राजधानी शहरलाई अपाङ्ग बनाएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यी प्रदर्शनकारीहरूले “सानो, सीमावर्ती अल्पसंख्यक” को प्रतिनिधित्व गर्ने बताएका छन्। क्यानाडाका लगभग ९० % भार बाहक सवारी साधनहरुका चालकहरु पूर्ण रूपमा खोप लगाइएका छन् र सीमा पार गर्न योग्य छन भनि सरकारी तथ्यांकले देखाएको जनाईएको छ ।
प्रतिक्रिया