मुलुकमा एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक दलहरू सबै पतन !

इनेप्लिज २०७८ माघ २६ गते ११:३० मा प्रकाशित

मुलुकमा नयाँ राजनीति घटनाक्रमको शुरुआत।मुलुकको राजनीतिले नयाँ मोड लिएको छ।नेपाली जनताहरु एमसीसी र बिआरआई को भुमरी र दलदलमा नराम्रो सँग फसे।राजनीतिक नेतृत्वहरुले गर्दा मुलुकको स्वाधीनता धरापमा पर्न गएको छ।नेताहरू सन्तुलनमा बस्न सकेनन।नेतृत्व गर्ने नेताहरूले एमसीसी परियोजना लाई लामो समय देखि अडकाउनु र अल्झाई राख्नु नेपालीहरुका लागि दुर्भाग्यपूर्ण हुने भयो।समयमा नै एमसीसी परियोजनालाई हुन्छ या हुन्न एमसीसी परियोजनालाई किनारा लगाउनुपर्ने थियोे।नेताहरूको पटकपटक झुक्याउने गतिविधि ले अमेरिकालाई झनै चिढाउने काम गरेको छ।यसकारण अब मुलुक द्वन्द र संकटग्रस्त अवस्थामा जाने निश्चित छ।कसैले रोकेर रोक्न र थाम्न नसकिने अवस्था छ।सेनाहरुले पनि अब केही गर्न सक्दैन।अब एमसीसी परियोजना लागू नगरे नेपाली जनताहरु अमेरिकाको आँखाको कसिंगर भइन्छ।एमसीसी परियोजना पास गरे नेपाली जनताहरु चीनको आँखाको कसिंगर भइन्छ ।नेपाली जनताहरु एमसीसी र बिआरआई को भुमरी र दलदलमा नराम्रो सँग फसेको अवस्था छ।मुलुकको परिस्थिति अत्यन्त गम्भीर मोड र जटिल अवस्थामा पुगेको छ।हालमा समाधानको कुनै विकल्प र उपाय नै देखिदैन।अब हाम्रो मुलुक अमेरिकाको एमसीसी र चाइनाको बिआरआई को चपेटामा रणभुमि बन्ने निश्चित छ।

मुलुकमा एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक पार्टीहरु सबै समाप्त र पतन भयो बुझ्न आवश्यक छ।अब मुलुकमा एमसीसी र बिआरआई बीचको नयाँ राजनीतिक शुरुआत भएको छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया